logo

शुक्रबार संचालनमा आउन सकेन कंलकी अण्डरपास, चिनियाँ दूतावासको अनुमति चाहिने

    1688   पटक पढिएको


१ भदौ/अर्थ र व्यापार– नेपालकै पहिलो ‘अण्डरपास वे’ कंलकीको भुमिगत बाटो आजदेखी सञ्चालनमा आउने भनेपनि सञ्चालनमा आउन सकेन । 

अण्डरपास निर्माण गरिरहेको चिनियाँ कम्पनी सांघाई कन्स्ट्रक्सन कम्पनीले दूतावासको अनुमति नआएकोले अण्डरपास संचालनमा ल्याउन नमिल्ने जानकारी दिएको हो । 

सडक विभागका महानिर्देशक रविन्द्रनाथ श्रेष्ठले शुक्रबार विहानदेखि अण्डरपास संचालनमा ल्याउने तयारी गरेका भएपनि कन्स्ट्रक्सन कम्पनीले राजदूतावासको निर्देशन पाएपछि खोल्छौं भन्ने जानकारी आएपछि अण्डरपास संचालनलाई केही पर सारेको बताए । हामी आज शुक्रबारनै चिनियाँ दूतावासमा पत्र पठाउने जानाकारी दिए । 

८ सय मिटरको यो बाटो कंलकी चोकबाट खसीबजार तर्फ चार सय र कंलकी चोकबाट सितापाइलातर्फ चार सय मिटर अण्डरपास छ । अण्डरपासको सडक पेन्टिङ र लेन छुट्याउने लगायतका काम भने बाँकी छ । 

अहिले बनिरहेको अण्डरपास’ चक्रपथ हिड्ने सवारीसाधनले प्रयोग गर्ने छ। अण्डरपास चार लेनमा निर्माण भैरहेको छ । दुईवटा लेन आउन र दुईवटा लेन जानका लागि प्रयोग हुन्छ । 

चक्रपथ परिक्रमा गर्दा अब कंलकी चोकमा रोकिनुपर्दैन् । कालीमाटीतिरबाट थानकोट जानरआउन अण्डरपासमाथि निर्माण भएको सडक प्रयोग हुनेछ ।

दुई वर्ष अघि चिनियाँ कम्पनी सांघाई कन्स्ट्रक्सनले अण्डरपास निर्माण थालेको थियो । अण्डरपास संचालनमा आएपछि कंलकीको जाम कम हुने अपेक्षा गरिएको छ ।  

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।