logo

आफ्नो नाममा रहेको निजी सम्पत्ति विभिन्न बहानामा राज्यले कब्जा गर्न खोजेको सुधिर बस्नेतको आरोप 

    1204   पटक पढिएको

३ बैशाख /अर्थ र व्यापार - घरजग्गा व्यवसायी सुधीर बस्नेत जेलबाट छुटेका छन् । बस्नेतलाई गत चैत २० गते बानेश्वरबाट पक्राउ गरेर महानगरीय अपराध महाशाखा टेकुमा राखेको थियो । बैशाख २ गते बस्नेत थुनामुक्त भएका हुन् । अदालतका प्रधानन्याधीश चोलेन्द्र शमशेर जबरा र न्यायधीश डम्बरबहादुर शाहीको संयुक्त इजलासले बस्नेतलाई छाड्न आदेश दिएको थियो ।

सर्बोच्च अदालतको आदेश अटेर गर्दै सुधीर बस्नेतको सम्पत्ति लिलामी गर्ने समितिको निर्णय समेत भएको थियो । पक्राउ परेलगत्तै बस्नेतका वकिलले सर्बोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता भएको थियो । तत्कालीन ओरेन्टल सहकारीका अध्यक्ष रहेका बस्नेतले विभिन्न कम्पनी स्थापना गरी होउजिङ तथा अपार्टमेन्ट बनाउन सर्वसाधारणबाट अर्बौं रकम उठाएका थिए । समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन गर्न बनेको समितिले बस्नेतले १६ अर्ब रुपैयाँ तिर्नुपर्ने दायित्व देखिएको प्रतिवेदन तयार पारेको छ ।

अति महत्वकांक्षाका कारण बस्नेत डुबेका थिए । त्यसपछि ओरेन्टल सहकारीलाई सरकारले समस्याग्रत घोषणा गरेको थियो । ठगी आरोपमा यसअघि पनि पटकपटक जेल परिसकेका बस्नेतले आफूलाई जेल हालेर समस्याको समाधान नहुने बताए । आफ्नो नाममा रहेको निजी सम्पत्ति विभिन्न बहानामा राज्यले कब्जा गर्न खोजेको बस्नेतको आरोप छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।