logo

इँटा उद्योगको मापदण्डमा कडाइ गर्ने तयारी

    1656   पटक पढिएको

२० असार / अर्थ र व्यापार – इँटा उद्योगले प्रदूषण बढाउन थालेपछि उद्योगको मापदण्डमा कडाइ गर्ने तयारी गरिएको छ । इँटा उद्योगबाट मानव स्वास्थ्यमा पर्ने गम्भीर असरलाई न्यूनीकरण गर्न मापदण्डमा कडाइ गर्न लागिएको हो । इँटा उद्योगबाट निस्कने धुवाँधुलोबाट मानव स्वास्थ्यमा दीर्घकालीन रोग निम्तिने खतरा हुने भएकाले मापदण्डलाई विस्थापित गरी नयाँ मापदण्ड ल्याउने तयारी गरिएको हो ।

सरकारले १३ फागुन ०६४ मा इँटा उद्योगको मापदण्ड ल्याएको थियो । पुरानो मापदण्डबाट प्रदूषण घट्न नसकेपछि पुनः अर्को मापदण्ड ल्याउने तयारी भइरहेको छ । नयाँ मापदण्ड देशैभरका इँटा उद्योगलाई लागू हुने छ । 

प्रदूषण घटाउन उद्योग मन्त्रालयसहित स्वास्थ्य, सहरी विकास, श्रम तथा रोजगार, भौतिक पूर्वाधार छलफल गरेपछि अन्तिम रूपमा दिइने भएको छ । हाल देशभर ८ सयभन्दा बढी इँटा उद्योग छन् । काठमाडौँ उपत्यकामा मात्रै १ सय १० भन्दा धेरै उद्योग सञ्चालनमा छन् ।

काठमाडौँ उपत्यकामा इँटा उद्योगले मात्र ९ प्रतिशत प्रदूषण बढाउने गरेका छन् । इँटा उद्योगहरू पुरानो प्रविधिमा आधारित भएकाले धेरै प्रदूषण हुने गरेको हो । कार्ययोजनामा निर्माण सामग्रीबाट ४२ प्रतिशत, यातायत क्षेत्रबाट ३१ प्रतिशत र अन्य क्षेत्रबाट १८ प्रतिशत प्रदूषण हुने गरेको छ । तर, तत्काल ८० प्रतिशतभन्दा धेरै प्रदूषण नियन्त्रण गर्न सकिने खालको रहेको छ ।

चिम्नीमा पंखा भएका इँटा उद्योगले २ सय ५० मिलिग्राम प्रतिघनमिटर भन्दा कम धुवाँ फाल्नुपर्ने र चिम्नीको उचाइ कम्तीमा १७ मिटरभन्दा माथि हुनुपर्ने छ । चिम्नीमा पंखा नभएका इँटा उद्योगमा ५ सय मिलिग्राम प्रतिघनमिटरभन्दा कम धुवाँ फाल्नुपर्ने र चिम्नीको उचाइ ३० मिटरभन्दा धेरै हुनुपर्ने छ । 

भर्टिकल सफ्ट ब्रिक किल्न (भिएसबिके) चिम्नीमा २ सय ५० मिलिग्राम प्रतिघनमिटरभन्दा कम धुवाँ फाल्नुपर्ने र चिम्नीको उचाइ १५ मिटरभन्दा धेरै हुनुपर्नेछ । हाइब्रिड होफमान किल्न (एचएचके) चिम्नीमा २ सय मिलिग्राम प्रतिघनमिटरभन्दा कम धुवाँ फाल्नुपर्ने र चिम्नीको उचाइ धेरैमा ७ मिटरभन्दा धेरै हुनुपर्नेछ । टनेल किल्न चिम्नीले १ सय मिलिग्राम प्रतिघनमिटरभन्दा कम धुवाँ फाल्नुपर्नेछ भने, चिम्नीको उचाइ १० मिटरभन्दा धेरै हुनुपर्नेछ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।