logo

मास प्रिन्टरबाट स्मार्ट लाइन्सेन्स छपाइ सुरु

    1151   पटक पढिएको

२५ मंसिर / अर्थ र व्यापार - सरकारले स्मार्ट लाइसेन्सको छपाइका लागि ल्याएको ‘मास प्रिन्टर’ बाट कार्डको छपाइ बल्ल थालेको छ । नेपाल भित्रिएको तीन महिना बित्दा पनि प्रयोगमा नल्याइएको मास प्रिन्टरले यसै हप्ताबाट नियमित प्रिन्टङ थालेको हो ।

विभागका महानिर्देशक गोगनबहादुर हमाल अब ४ महिनाभित्रै सबै स्मार्ट लाइसेन्सको छपाइ बसेर सेवाग्राहीलाई वितरण गरिने बताउँछन् । इटालियन कम्पनी माटिकाको यो मेसिनले घण्टाको ४५० वटासम्म लाइसेन्स प्रिन्ट गर्न सक्ने विभागको दाबी छ ।

अहिले यो मेसिन दिनमा ८ घण्टा मात्रै चलाएर लाइसेन्स छापिँदैछ । अब दिनमा तीन सिफ्ट गरेर कर्मचारीलाई लाइसेन्स प्रिन्टमा खटाउन लागिएको हमालले बताए । ‘अब ७-७ घण्टाको तीनवटा सिफ्ट बनाएर रातभर पनि लाइसेन्स छाप्छौं,’ उनले भने, ‘कम्तिमा ४ महिनाभित्रै वितरण हुन बाँकी सबै लाइसेन्स चालकलाई दिन्छौं ।’

यो मेसिनले दिनमा ८ हजारसम्म लाइसेन्स छपाइ गर्ने अनुमान विभागको छ । त्यसअनुसार महिनामा साढे २ लाख लाइसेन्स छापिनेछ । ४ महिनाभित्रै वितरण हुन बाँकी लाइसेन्सको ‘ब्याक लग’ फुकेर नियमित अवस्थामा लैजान सकिने दाबी हमालको छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।