logo

आउटसोर्सिङ गरेर छापिएको स्मार्ट लाइसेन्स गुणस्तरीय नभएको  निश्कर्ष

    974   पटक पढिएको

१ माघ /अर्थ र व्यापार - यातायात व्यवस्था विभागले आउटसोर्सिङ गरेर छापिएको स्मार्ट लाइसेन्स गुणस्तरीय नभएको निश्कर्ष निकालेको छ । त्यसैका अधारमा तत्कालका लागि आउटसोर्सिङ कम्पनी मालिका इन्कर्पोरेटमार्फत हुने छपाइ रोकिएको छ ।
कम्पनीले करिब ४ लाख कार्ड छापेपछि विभाग अब आफ्नै मेसिनमार्फत कार्ड छाप्ने योजना बनाउँदैछ ।

विभागमा महानिर्देशक लावण्य ढकाल एकपटक म्याद थप्दा मालिकाले ३ लाख ६० हजार भन्दा बढी कार्ड छापेको बताउँछन् । .ढकालले मालिकामर्फत भएको छपाइको काम सोचेअनुरुपको गुणस्तरीय नभएको स्वीकारे । तर, लाइसेन्सको अभाव टार्ने विकल्प सरकारसँग नभएकाले यसले पनि राहत नै दिने उनको भनाइ छ । ठूलो तामझामका साथ ल्याइएको स्मार्ट लाइसेन्समाथि सुरुदेखि नै प्रश्न उठेको थियो । नेपाली नागरिकको व्यक्तिगत विवरण भारतीय कम्पनीको हातमा पुगेको खुलेपछि सर्वोच्च अदालतले त्यसलाई सच्याउन आदेश दिएको थियो ।

यसै पनि स्मार्ट लाइसेन्सको गुणस्तर पनि कमजोर छ । यसका बाबजुद अर्को लाइसेन्स नआएकाले सेवाग्राही त्यही लाइसेन्स लिन बाध्य छन् । त्यो पनि समयमै पाइँदैन । हाल ४ लाख बढी सेवाग्राही लाइसेन्सको प्रतीक्षामा छन् । लाइसेन्स नवीकरण वा प्राप्तिको सबै प्रक्रिया पूरा गरेको एक वर्षमा पनि हात पर्न मुस्किल छ । अब मालिकाले प्रिन्ट गरेको ‘स्मार्ट लाइसेन्स’लाई प्लास्टिकको लेमिनेशन गरेर बाँडिँदैछ । मालिकाले यसअघि जस्तो ‘लेजर प्रिन्ट’ गरेको होइन् । उसले करिब ४ लाख लाख स्मार्ट लाइसेन्स ‘थर्मल प्रिन्ट’ गरेको हो ।

थर्मल प्रिन्ट एटीएम कार्ड प्रिन्ट गरेजस्तै प्रविधि हो, जुन बाहिरबाट प्लाष्टिक कोटेड हुन्छ । लेमिनेशन नगरे अक्षरहरु छिटै मेटिने खतरा हुन्छ । सरकारले मालिकालाई सुरुको ३५ हजारमा प्रतिकार्ड १३ रुपैयाँ र बाँकीमा प्रतिकार्ड १५ रुपैयाँ भुक्तानी गर्नेछ ।
अहिले ‘ब्याक लग’ लाइसेन्स ४ लाख बढी रहेको विभागका अधिकारीहरु बताउँछन् । महानिर्देशक ढकालकाअनुसार माग धान्न दैनिक ४ हजार लाइसेन्स प्रिन्ट हुनुपर्छ । तर विभागका मेसिनले दैनिक २ हजार पनि प्रिन्ट गर्न सकेको छैन । यही कारण लाइसेन्स प्राप्तीको सबै प्रक्रिया पूरा गर्दा पनि लामो समयसम्म लाइसेन्स हात पर्दैन ।

अहिले यातायात व्यवस्था विभागका केही मेसिनले मात्रै लाइसेन्स प्रिन्ट गरिरहेका छन् । अन्य बिग्रिएर थन्किएका छन् । चलेका मेसिनमा पनि पटक(पटक समस्या आउने गरेको छ । ठूलो ‘मास प्रिन्टर’ ल्याउन टेण्डर आह्वान भएको छ तर, प्रिन्टर ल्याएर छपाई सुरु गर्न अझै ६ महिनाजति लाग्ने विभाग बताउँछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।