logo

धादिङको सिमलडाँडा आधारभुत विद्यालयलाई चारकोठे पक्की भवन हस्तान्तरण

    1622   पटक पढिएको

१३ फाल्गुण / अर्थ र व्यापार- गणेश हिमाल सामुदायिक प्रतिष्ठानको अग्रसरतामा धादिङको सिमलडाँडा आधारभुत विद्यालयमा निर्माण गरिएको चारकोठे पक्की भवन विद्यालयलाई हस्तान्तरण गरिएको छ । प्रतिष्ठानका अध्यक्ष शिवहरि रिजाल र त्यसमा सहयोग गर्ने विदेशी नागरिकहरुले खनियावास गाउँपालिका वडा नम्बर ५ स्थित सिमलडाडा गाउँमा रहेको सिमलडाडा आधारभुत विद्यालयलाई ४ कोठे भुकम्प प्रतिरोधि पक्की भवन शुक्रवार हस्तान्तरण गरे ।

विद्यालय हस्तान्तरण कार्यक्रममा खनियावास गाउँपालिकाका प्रमुख, उप–प्रमुख, वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिको उपस्थिति रहेको थियो । धादिङ जिल्लाको खनियाबास गाउपालिका सत्यदेवीमा जन्मेका गणेश हिमाल सामुदायिक प्रतिष्ठानका अध्यक्ष युवा पर्यटन व्यवसायि शिवहरि रिजालले सो क्षेत्रमा विभिन्न सामाजिक कार्यहरु गर्दै आएका छन । युरोपको ग्रीनकाड छोडेर आफ्नै जन्मभुमीमा केहि गर्ने उद्देश्यले सन् २०११ मा नेपाल फर्किएका रिजालले नेपाली युवाहरूलाई नेपालमै  रोजगार दिनुपर्छ भन्ने उद्देश्यले नेपालको पर्यटन क्षेत्रमा आई व्यवसाय सुरु गरेको वताए ।

बाल्यकालमा आफुले भोग्नुपरेका जस्ता समस्याहरु अबका बालबालिहरुले भोग्नु  नपरोस भन्ने उद्देश्यले गणेश हिमाल सामुदायिक प्रतिष्ठानले विद्यालयको निर्माणमा अग्रसरता देखाएको रिजालले वताए । प्रतिष्ठानले खनियावास गाउँपालिकामा रहेको विभिन्न आधारभुत विद्यालयहरुमा कम्प्युटर, लाइब्रेरी, खेलकुद लगायतका सामाग्रीहरु प्रदान गर्नुका साथै गरिब,टुहुरा, जेहेन्दार विद्यार्थीहरुलाई कापीकलम, विद्यालय पोशाक लगायत अन्य शैक्षिक सामग्रीहरु पनि हस्तान्तरण गर्दै आएको रिजालले वताए ।

विं.सं.२०७२ मा गएको बिनाशकारी भुकम्पको बेला रिजालकै अग्रसरतामा प्रतिष्ठानले स्थानीय जनतालाई अति आवश्यक खाद्यान्नको साथै प्राथमिक स्वास्थ्य शिविरको समेत आयोजना गरेको थियोे । त्यसैगरि प्रतिष्ठानले नै सोहि गाउँपालिकामा रहेको विनाशकारी भुकम्पका कारण भत्किएको श्री स्थानीय भुमे आधारभुत विद्यालयलाई  ५ कोठाको भुकम्पप्रतिरोधी भवन निर्माण गरि गत वर्ष विद्यालयलाई हस्तान्तरण गरेको थियो ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।