logo

सिक्टा सिँचाइ आयोजनामा भ्रष्टाचार गरेको मुद्दामा प्रमुख इञ्जिनियर ८० लाख  धरौटी राखेर तारिखमा छुटे

    1190   पटक पढिएको

१४ माघ /अर्थ र व्यापार - विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी र न्यायाधीशद्वय प्रमोदकुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको इजलासले सिक्टा सिँचाइ आयोजनाका इञ्जिनियर सरोज पण्डितलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । विशेष अदालतबाट सिक्टा सिँचाइ आयोजनामा भ्रष्टाचार गरेको मुद्दामा प्रमुख इञ्जिनियर सरोज पण्डित ८० लाख रुपैयाँ धरौटी राखेर तारिखमा छुटेका छन् ।

विशेष अदालतका रजिस्ट्रार भीमकुमार श्रेष्ठका अनुसार पण्डित आइतबार विशेष अदालतमा हाजिर भएका थिए। बहसपछि थुनछेकको आदेश अनुसार ८० लाख रुपैयाँ धरौटी अदालतले माग गरेको थियो । सो रकम धरौटी राखेर तारिखमा छुटेका हुन् ।
आयोगले भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री एवम् ठेकेदार कम्पनी कालिका कन्सट्रक्सनका मालिक पूर्वमन्त्री विक्रम पाण्डेसहित २१ जनाविरुद्ध साढे आठ अर्ब रुपैयाँ बिगो दाबीसहित गत मङ्सिर २१ गते अदालतमा मुद्दा दायर गरेको थियो ।

आयोगले पण्डितले ५९ करोड ३४ लाख ५२ हजार हिनामिना गरेको बिगो दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो । यही माघ २ गते पूर्वमन्त्री पाण्डे चार करोड रुपैयाँ धरौटीमा राखेर तारिखमा छुटेका थिए । सो आयोजनाको डिजाइनमा नै त्रुटि रहेको, मूल नहर भत्किएको, निर्माणमा खटिएका प्राविधिक, कन्सल्टेन्ट तथा निर्माण व्यवसायीले उचित निरीक्षण नगरेका आरोप अख्यिातरले लगाएको थियो ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।