logo

श्रम मन्त्रीद्धारा गैरकानुनी रुपमा श्रमिक पठाउन अन्तर्वार्ता लिने म्यानपावरको कारबाही फुकुवा

    1599   पटक पढिएको

१३ माघ/अर्थ र व्यापार– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीले कतार प्रहरीमा गैरकानुनी रुपमा श्रमिक पठाउन अन्तर्वार्ता लिने एसओएस म्यानपावरको कारबाही फुकुवा गरेको छ ।

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार ऐन २०६४ विपरीत भएको भन्दै उक्त म्यानपावरलाई ६ महिनाका लागि कारोबार रोक्का गरेको थियो । तर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीले ६ महिना नहुदै फुकुवा गरिएको छ ।

स्वीकृतिबिना अन्तर्वार्ता सञ्चालन गरिरहेको भन्ने सूचनाको आधारमा गत मंसिर ८ र ९ गते विभागबाट खटिएको अनुगमनको टोलीले तीन वटा मेनपावरमा छापा मारेर कागजात नियन्त्रणमा लिएको थियो ।

एसओएस म्यान पावर सर्भिस प्रा.लि., होप इन्टरनेसनल र डिडी ह्युमन रिसोर्स प्रा.लि.मा अनुगमन गर्दा अन्तर्वार्ता गरिरहेको र गरिसकेको अवस्थामा फेला परेको विभागले जनाएको थियो ।

विभागका महानिर्देशक कुमारप्रसाद दाहालले विभागीय मन्त्रीको निर्देशनपछि त्यस मेनपावरको निलम्बन फुकुवा गर्न लागिएको बताए ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।