logo

जापानी राजदूत र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलबिच भेटवार्ता

    931   पटक पढिएको

१३ असार / अर्थ र व्यापार - नेपालका लागि जापानका राजदूत मासामिची साइगोले प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलसँग भेटवार्ता गरेका छन् । भेटका क्रममा राजदूत साइगोले नेपाल र जापानबीचको निकै पुरानो मैत्रीपूर्ण सम्बन्धलाई अझ प्रगाढ बनाउन नेपालको विकास प्रयासलाई सघाउ गर्न जापान सधैं तयार रहेको बताएका थिए । 

मुख्यमन्त्री पोखरेलले नेपाल र जापानलाई बौद्ध संस्कृतिले जोडेको चर्चा गर्दै लुम्बिनीको विकास सन्दर्भमा जापानको सहयोग महत्वपूर्ण रहेको बताएको मुख्यमन्त्रीका पे्रेस सल्लाहकार शेरबहादुर केसीले बताए । सो क्रममा मुख्यमन्त्रीले सम्पदा र पर्यापर्यटनले महत्वपूर्ण यो प्रदेशमा कृषि र औद्योगिक विकासको धेरै राम्रो सम्भावना रहेको बताएका थिए । उनले त्रिवि शिक्षण अस्पतालको पूर्वाधार विकासमा जापानको महत्वपूर्ण सहयोग रहेको चर्चा गर्दै यो प्रदेशका अस्पतालको क्षमता विकासमा जापानलाई सहयोग गर्न आग्रह गरे । 

राजदूत साइगोले शिक्षाको गुणस्तर सुधार, स्वास्थ्यसेवा सुधार र पर्यटनको विकासमा जापानको सक्दो सहयोग हुने बताए । उनले संवैधानिक व्यवस्था अनुसार गठन भएका प्रदेश र स्थानीय सरकारहरुलाई सहयोग गर्नेबारे छलफल गर्दै अघि बढ्ने बताए । मुख्यमन्त्रीले यहाँ आएका बेला लुम्बिनी भ्रमण गरी काठमाडौं फर्कन आग्रह समेत गरे । राजदूत साइगोले नेपाल–जापान सम्बन्धमा प्रदेश सरकारको मुख्यमन्त्रीको हैसियतमा नयाँ आयाम थप्ने विश्वास समेत राखेका थिए ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।