logo

साल्ट ट्रेडिङले सेयरधनीलाई २५% बोनस र १०% नगद लाभांंश दिने 

    1780   पटक पढिएको


३० मंसिर/अर्थ र व्यापार– साल्ट ट्रेडिङ कर्पोरेसनले गत आर्थिक वर्ष ८ अर्ब २५ करोड रुपैयाँको कारोबार गर्दै ७३ करोड १४ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ ।

साल्ट ट्रेडिङ कर्पोरेसनको ५३ औं साधारण सभाले सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर र १० प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको हो । 

सभाले वार्षिक प्रतिवेदन पारित गरेको छ । कम्पनीले नुन, चिनी र रासायनिक मल लगायतको व्यापारिक कारोबार सन्तोषजनक रहेको र विभिन्न क्षेत्रको लगानी उपलब्धिमूलक रहेको निष्कर्ष छ ।

कर्पोरेसनले अंगालेको व्यापार विविधिकरणको नीति अनुरुप थप चुक्ता पुँजीको आवश्यकता पर्ने भन्दै गत वर्षको मुनाफाबाट सेयरधनीहरुलाई १० प्रतिशत नगद लाभांश वापत १ करोड ५३ लाख ५७ हजार ५८० रुपैयाँ र ३ करोड ८३ लाख ९३ हजार ९५० रुपैयाँ बराबरको २५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्तावलाई सभाले स्वीकृत गरेको हो ।

कम्पनीले भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा आफूलाई स्थापित गर्न सृजनशील कारोबारको खोजी गर्दै व्यापार विविधिकरणतर्फ उन्मुख हुने विज्ञप्तिमा जनाएको छ । 

व्यापार विविधिकरण नीति अन्तर्गत कम्पनीले आफ्नो सहायक कम्पनी उपहार हाउजिङ्ग कम्पनी लिमिटेड मार्फत चन्द्रागिरी नगरपालिका स्थित आफ्नै जग्गामा ८ वटा भूकम्प प्रतिरोधी भवन निर्माण गरि बिक्री वितरण शुरु गरेको पनि जनाएको छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।