logo

नेपाली सेनालाई रुसले प्राविधिक सहयोग गर्ने

    990   पटक पढिएको

१० मंसिर / अर्थ र व्यापार - नेपाल र रुस सैन्य–प्राविधिक समन्वय सम्वन्धी सम्झौतामा हस्ताक्षर हुने भएको छ । रुसका विदेशमन्त्री सर्गेइ लाभ्रोभले सोमबार यसबारे औपचारिक जानकारी दिएका हुन् ।

‘सैन्य–प्राविधिक समन्वयमा धेरै राम्रा कुराहरु छन् । हामीले यससम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने सहमति गरेका छौं,’ नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसित भेटवार्तापछि लाभ्रोभले भने । उनले यसबारे विस्तृत जानकारी भने दिएनन् ।

लाभ्रोभले नेपालमा हेलिकप्टर आपूर्ति विस्तार गर्ने योजना पनि सुनाए । उनले भने, ‘रसियाको विमान, खासगरी एमआइ–१७ हेलिकप्टरहरु नेपालको उच्च अवस्थितिमा निकै उपयोगी प्रमाणित भएका छन् र यस क्षेत्रमा पनि सहकार्यको योजना बनाइएको छ ।’

परराष्ट्रमन्त्री ज्ञवालीले साङ्घाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) पूर्ण सदस्यता प्राप्त गर्न नेपालले चाहेको बताए ।उनले भने, ‘नेपालले हरेक समस्याको समाधान संवाद र आपसी समझदारीबाट हुन सक्ने विश्वास गर्छ, जसले गर्दा एससीओमा नेपालको सहभागिता महत्वपूर्ण छ ।’

अन्तरसरकारी संगठनको रुपमा एससीओको स्थापना सन् २००१ मा साङ्घाईमा गरिएको थियो । यसका संस्थापक सदस्यहरु चीन, काजकिस्तान, कीर्गिस्तान, रसिया, ताजिकिस्तान र उज्बेकिस्तान हुन् । भारत र पाकिस्तानले सन् २०१७ मा यस संगठनको पूर्ण सदस्यता पाएका थिए । नेपाल सन् २०१६ मा औपचारिक रुपमा एसईओ डाइलग पार्टनर बनेको थियो ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।