logo

चामलको आयात बढ्यो, पाँच महिनामै १९ अर्बको आयात 

    1352   पटक पढिएको

१३ पुस/अर्थ र व्यापार– चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो पाँच महिना (साउन–मंसिर) मा नेपालले १९ अर्ब रुपैयाँ बराबरको चामल आयात गरेको छ ।

भन्सार विभागको तथ्यांकअनुसार आव २०७६/७७ को पहिलो पाँच महिनाको तुलनामा चालु आवको सोही अवधिमा करिब ७ अर्ब रुपैयाँभन्दा बढीको चामल आयात भएको हो।

भन्सार विभागको तथ्यांक अनुसार चालु आवको पहिलो पाँच महिनामा कुल १८ अर्ब १९ करोड ६५ लाख ९५ हजार रुपैयाँ बराबरको ५ लाख २२ हजार ९१ मेट्रिक टन धानचामल आयात भएको छ । भने गत आर्थिक वर्षको सोही अवधिमा कुल ११ अर्ब १९ करोड ३४ लाख ४२ हजार रुपैयाँ बराबरको २ लाख ८३ हजार ९९६ मेट्रिक टन धानचामल आयात भएको थियो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. योगेन्द्रकुमार कार्की कोभिड–१९ प्रकोपका कारण अधिकांश नेपाली स्वदेशमै बस्नु, कोदो, फापर, मकै, गहुँ सबै किसिमका खाद्यान्न उपभोग नगर्नु,तथा नेपालीहरुको भात खानैपर्ने बानीका कारण चामलको आयात बढेको बताउछन् ।

गत आव २०७६/७७ मा नेपालमा ५५ लाख ५० हजार मेट्रिक टन धान उत्पादन भएको थियो । अघिल्लो आव २०७५/७६ मा ५६ लाख १० हजार मेट्रिक टन उत्पादन भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांक छ । 


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।