logo

घरेलु तथा साना उद्योग दर्तामा वृद्धि

    1241   पटक पढिएको


३० जेठ / अर्थ र व्यापार- काठमाडौँमा घरेलु तथा साना उद्योग कार्यालयहरु एक हजार ८१९ ेको हाराहारीमा उद्योग दर्ता भएका छन् ।

उक्त सङ्ख्यामा चालु आर्थिक वर्षको १० महिनामा उद्योग दर्ता भएको हो ।

उत्पादनमूलक २७५, सेवामूलक ८५९, पर्यटन सम्बन्धी ६१६, कृषिमूलक ६८ र विज्ञान प्रविधिसम्बन्धी एउटा उद्योग दर्ता भएको छ ।

विसं २०७३ साउनमा ३५३, भदौमा ३५१, असोजमा १७२, कात्तिकमा १५७, मङ्सिरमा १६९, पुसमा १४४, माघमा १३९, फागुनमा १६०, चैतमा ८७ र २०७४ वैशाखमा ८७ उद्योग दर्ता भएको छ ।

देशमा लगानीमैत्री वातावरण बन्दै गएकाले साना तथा घरेलु उद्योग दर्ता हुने क्रम बढेको हो । संविधान निर्माणसँगै देशमा लगानीको वातावरण बनेको र उद्योग दर्ता गर्ने क्रम पनि बढेको हो ।

सरकारले रु १० करोडभन्दा कम लगानी भएका उद्योगलाई साना तथा घरेलु उद्योगका रुपमा वर्गीकरण गरेको छ । उक्त उद्योग साना तथा घरेलु उद्योग विभाग र समितिअन्तर्गतका जिल्ला कार्यालयबाट दर्ता हुने गरेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।