logo

रेबान अध्यक्षले नै तोडे सेवा शुल्क हटाउन गरेको निर्णय

    1112   पटक पढिएको

१६ माघ/ अर्थ र व्यापार - रेष्टुरेण्ट एण्ड बार एशोसिएसन रेबान काठमाडौ, पोखरा र सौराहले रेष्टुरेन्टहरूमा ग्राहकहरूमाथि लगाउँदै आएको दश प्रतिशत सेवा शुल्क हटाउन गरेको निर्णय एकदिनैमै तोडिएको छ । पोखरा रेबानका अध्यक्षकै होटलले दश प्रतिशत सेवा शुल्क लिएको पाईएको छ ।

माघ १४ गते सोमबार काठमाडौंमा सम्पन्न रेष्टुरेण्ट एण्ड बार एशोसिएसन नेपाल, रेबान (काठमाडौ, पोखरा र सौराह) को भेलाले रेष्टुरेन्ट तथा बारहरुमा लगाउदै आएको सेवा शुल्क हटाउने निर्णय गरेको थियो ।तर निर्णय गरेको भोलिपल्टै पोखरा रेबानका अध्यक्ष भिमसेन भुजेलको होटल रानीवन आर्केडले भने सेवा शुल्क लिने गरेको भेटिएको छ । ग्राहकहरुको असन्तुष्टिलाई सम्बोधन गर्दै गुणस्तरीय सेवा दिने प्रतिबद्धता जनाएपनि पोखरा रेबानका अध्यक्षले आफैले हस्ताक्षर गरेको सहमति पालना नगरेको पाइएको हो ।

१२ बर्षअघि शान्ति प्रक्रियामा आएको तत्कालीन माओवादी र अन्य मजदुर संगठनको दबावमा सन २००६ मा होटेल एशोसिएसन र ट्रेड युनियनबीच ग्राहकबाट अनिवार्य रूपमा १० प्रतिशत सेवा शुल्क उठाउने निर्णय भएको थियो । यसरी आउने सेवा शुल्कमध्ये ६८ प्रतिशत सेवा दिने मजदूर र ३२ प्रतिशत रेष्टुरेण्ट मालिकले पाउने गरेका थिए ।

बिभिन्न उपभोक्ताबादी संघ सस्थाहरूको दवाबमा रेष्टुरेण्ट एण्ड बार एशोसियसन ( रेवान)ले शुल्क हटाउने निर्णय गरेपनि यता मजुदरहरुले भने विरोध गरेका छन् । उनीहरूले निर्णय नसच्चिए काम बन्द गर्नेसम्म चेतावनी दिइसकेका छन् । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।