logo

ठमेलमा रात्रीकालीन व्यवसायीहरुको प्रदर्शन, भने 'कोरोना रातिमा मात्रै लाग्छ र सरकार'? 

    1533   पटक पढिएको


१८ मंसिर/अर्थ र व्यापार– ठमेलका व्यवसायीहरुले रात्रीकालीन व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग गर्दै बुधबार  प्रदर्शन् गरेका छन् ।

कोभिड–१९ महामारीको जोखिमका कारण विगत आठ महिनादेखि व्यवसाय बन्द हुँदा रात्रिकालीन व्यवसायीहरु चरम आर्थिक संकटमा परेको भन्दै व्यवसायीहरुले विभिन्न नारा लेखिएका व्यानर लिएर सडक छेउमा उभिएर प्रदर्शन गरेका हुन् ।

ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष प्रकाशनरसिंह राणाले कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) बाट रात्रीकालीन व्यवसाय खोल्ने निर्णय नभएसम्म आन्दोलनलाई जारी राख्ने बताए ।

अध्यक्ष राणाले अबपनि व्यवसाय सञ्चालन गर्न नपाए रोगले भन्दा पनि भोकले मर्ने स्थिति आएको बताए । उनले सरोकारवाला निकायमा ज्ञापन पत्र बुझाउँदा समेत कुनै सुनुवाइ नभएपछि  विरोध प्रदर्शनमा उत्रिन बाध्य भएको बताए ।

रात्रीकालीन व्यवसायीहरुले कोरोना रातिमा मात्रै लाग्छ र सरकार ? ‘पहिलाकै अवस्थामा व्यवसाय खोल्न देऊ’, ‘सरकार व्यवसाय खोलौं कि आत्महत्या गरौं’, व्यवसाय खोलौं मजदुर बचाउँ ‘रोग भन्दा भोक ठूलो’ लेखिएका ब्यानर लिएर बिरोध प्रदर्शन गरेका थिए । 
 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।