logo

राष्ट्रियसभाको आजको बैठक स्थगित

    882   पटक पढिएको

१९ फागुन /अर्थ र व्यापार - राष्ट्रियसभाको आइतबारका लागि तय भएको बैठक स्थगित भएको छ । सङ्घीय संसद् सचिवालयले जारी गरेको सूचनामा आइतबार दिउँसो १ बजे बस्ने पूर्वनिर्धारित बैठक मङ्गलबार दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको उल्लेख छ । 

सभाको आइतबारको सम्भावित कार्यसूचीमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विधान व्यवस्थापन समितिको प्रतिवेदनसहित राहदानी विधेयक, २०७५ माथि सदनमा छलफल गरियोेस भन्ने प्रस्ताव प्रस्तुत गरी पारित गर्ने कार्यसूची थियो । यसैगरी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहितको ज्येष्ठ नागरिक सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७५ माथि छलफल गरी पारित गर्ने कार्यसूची थियो । 

त्यस्तै आइतबारकै लागि बोलाइएका संसदीय समितिका सबै बैठकहरू पूर्व उपप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भरतमोहन अधिकारीको निधनका कारण स्थगित गरिएको सचिवालयले जनाएको छ । नेता अधिकारीको शनिबार राति उपचारका क्रममा निधन भएको हो । 

संसदीय सुनुवाइ, राज्य व्यवस्था तथा सुशासन, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, महिला तथा सामाजिक, अन्तराष्ट्रिय सम्बन्ध, सार्वजनिक लेखा समितिका बैठकहरू आइतबारका लागि डाकिएको थियो ।  

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।