logo

नेपाल सरकारसँग नजिक रहेर काम राष्ट्रसंघ गर्न इच्छुक 

    1740   पटक पढिएको

१२ जेठ /अर्थ र व्यापार - संयुक्त राष्ट्रसंघको आर्थिक, सामाजिक तथा विकास परिषदले नेपालको ऊर्जा र जलविद्युतको क्षेत्रको ठूलो सम्भावना रहेको भन्दैे सहकार्य गर्न इच्छुक रहेको धारणा राखेको छ ।ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र संयुक्त राष्ट्रसङ्घका उपमहासचिव लिउ झिन मिनबीच भेटवार्ताको क्रममा उपमहासचिव झिनले ऊर्जा क्षेत्रमा पनि नेपालले गरिरहेको प्रगतिको प्रशंसा गर्दै राष्ट्रसंघ नेपाल सरकारसँग नजिक रहेर काम गर्न इच्छुक रहेको समेत बताए ।

सयुंक्त राष्ट्रसङ्घको मुख्यालय न्यूयोर्कमा शुक्रबार उनीहरुबीच भएको भेटवार्तामा ऊर्जा क्षेत्रमा सयुक्त राष्ट्रसङ्घ र नेपाल सरकारबीच गर्न सक्ने सहकार्य र दिगो विकासको बारेमा छलफल भएको मन्त्रीका प्रेस संयोजक रोशन खड्काले जानकारी दिए । भेटमा मन्त्री पुनले नेपालले ऊर्जाको पहुँचलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताएका थिए । उनले १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य सरकारले राखेको भन्दै त्यसका लागि काम अघि बढिरहेको समेत भेटमा बताए ।

मन्त्री पुनले नयाँ संविधान जारी भएसँगै देशमा स्थिर सरकार बनेको र अहिले दिगो विकासको लक्ष्यसहित सामाजिक–आर्थिक विकासको बाटोमा अगाडि बढेको धारणा राखेका थिए । मन्त्री पुनले सफा ऊर्जाबाट आयातित पेट्रोलियम घटाउँदै जाने नेपालको लक्ष्य रहेको उल्लेख गर्दै अहिले निर्माण भइरहेका जलविद्युत परियोजनाबाट यस क्षेत्रमा महत्वपूर्ण प्रगति भइरहेको जानकारी गराए । उनले दिगो विकास लक्ष्यमा समेटिएको ऊर्जा सम्बन्धी लक्ष्यलाई पूरा गर्न सरकारले कार्यक्रम मै राखेर उच्च प्राथमिकताका साथ अघि बढाएको बताएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।