logo

बङ्गलादेशबाट मल आउन ढिलाई, एक महिना बढी लाग्ने

    1470   पटक पढिएको

२१ पुस/अर्थ र व्यापार– बङ्गलादेशबाट जीटुजीमार्फत ५० हजार मेट्रिक टन रासायनिक मल ल्याउन अझै एक महिना भन्दा बढी समय लाग्ने भएको छ ।

बङ्गलादेशसँग प्रतिमेट्रिक टन २५९.१९५ अमेरिकी डलरमा रासायनिक मल खरिदको लागी पुस २ गते सरकार–सरकारबीच (जीटुजी) मार्फत मल खरिदको सम्झौता भएको थियो ।

तर बंगलादेश सरकारले सरकारी कम्पनीमार्फत मल दिने नभई त्यहीँको निजी कम्पनीमार्फत मल किनेर दिन लागेकाले मल आईपुग्न ढिलाई हुने भएको हो ।

कृषि सामग्री कम्पनी लिमिटेडले औपचारिक पत्र पठाएको १८ दिनपछि सोमवार बंगलादेशले औपचारिक रूपमा उक्त पत्र स्वीकृत गरी प्रतीतपत्र (एलसी) खोल्न नेपाललाई बाटो खुला गरिदिएको छ ।

कम्पनीका खरीद महाशाखा प्रमुख विष्णु पोखरेलका अनुसार मल आयातको जिम्मा पाएको बंगलादेश केमिकल इन्ड्रस्ट्रिज कर्पोरेशनले बुधवारसम्म एलसी खोल्ने जानकारी दिए ।

पोखरेलले एलसी खोलेको १० दिनपछि बंगलादेश केमिकल इन्ड्रस्ट्रिज कर्पोरेशनले नेपाललाई मल उपलब्ध गराउने छ । करीब एक महीनामा बंगलादेशको चटगाउँ मल मंगला जलमार्गबाट जेस्वर वा खुल्ना हुँदै रोहन–सिंहवादबाट रेलमार्गमार्फत कृषि सामग्री कम्पनीको भैरहवा, वीरगञ्ज र विराटनगरका गोदामसम्म आइपुग्ने जानकारी दिए ।

आयातमा केही ढिलाइ हुने भए पनि कृषि सामग्रीसँग ८ हजार मेट्रिक टन युरिया, ८ हजार मेट्रिक टन डीएपी र ९ हजार मेटन पोटास मौज्दात रहेकोले मल अभाव नहुने कृषि सामग्रीले बताएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।