logo

रक्तचन्दनको ठेक्का मिलाउने सर्तमा चिनियाँ सँग ६० लाख रकम बुझेका वन अधिकृत सम्पर्कबिहिन

    945   पटक पढिएको

१६ माघ/ अर्थ र व्यापार - रक्तचन्दनको ठेक्का मिलाइदिने भन्दै चिनियाँ नगरिक चाई लुलाइ सँग ६० लाख रकम बुझेका रसुवाका तत्कालीन वन अधिकृत विष्णुकान्त मिश्र बेपत्ता भएका छन् ।

शर्त अनुसार रक्तचन्दन नदिएको भन्दै अख्तियारमा परेको उजुरी छानबिनका क्रममा पटक–पटक म्याद तामेल भए पनि मिश्र उपस्थित नभएको भन्दै अख्तियारले सार्वजनिक सूचना नै जारी गरेको हो । ३० दिनभित्र उपस्थित हुन नआए कानुन अनुसार प्रक्रिया अघि बढ्ने अख्तियारले जनाएको छ । सूचना अनुसार मिश्रले छोरा नवीनकुमार मिश्रका नाममा उक्त रकम जम्मा गर्न लगाएको आरोप लगाइएको छ । छोरा नवीनका नाममा पनि सूचना जारी गरिएको छ ।

महोत्तरीको जलेश्वर नगरपालिकाका मिश्रले सेवाबाट अवकाश पाइसकेका छन् । सूचनामा स्थायी ठेगानामा खोजतलास गर्दा मिश्र फेला नपरेको जनाइएको छ ।  यस्तै, स्थायी तथा बसोबास गरिरहेको घर ठेगानामा उपस्थित हुन आउनेबारेको सूचना तामेल भए पनि बयानका लागि अख्तियारमा नआएको सूचनामा उल्लेख छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।