logo

निषेधाज्ञाबीच भदौमा ४७ अर्ब राजस्व संकलन 

    1379   पटक पढिएको


४ असोज/अर्थ र व्यापार– निषेधाज्ञाकाबीच आन्तरिक राजस्व विभागले भदौमा ४७ अर्ब राजस्व संकलन गर्न सफल भएको छ । 

कोरोना संक्रमण बढेपछि भदौमा ४० भन्दा बढी जिल्लामा निषेधाज्ञा लगाईएको थियो । निषेधाज्ञाका बिच पनि राजश्व संकलन सन्तोषजनक देखिएको छ । 

अघिल्लो महिना साउनको तुलनामा भदौमा राजश्व संकलनमा करिब ९ अर्बले गिरावट आएको हो । साउनमा लकडाउन खुकुलो बनाउँदा ५६ अर्ब राजस्व संकलन भएको थियो । 

अत्यावश्यक बाहेक सबै व्यवसाय बन्द रहेको अबस्थामा औद्योगिक उत्पादनमा करिब २५ प्रतिशतले गिरावट आएको थियो ।

आन्तरिक राजस्व विभागले भदौमा मूल्य अभिवृद्धि कर (भ्याट) बाट ८ अर्ब ४१ करोड राजस्व संकलन गरेको छ । भदौमा विभागले ६ अर्बको लक्ष्य राखेकोमा २ अर्ब ४१ करोड बढी राजश्व संकलन गर्न सफल भएको हो । 
कोरोना महामारी कारण आन्तरिक उत्पादनको खपत बढ्दै जानु र नाकाबाट चोरी निकासी भई अवैध रूपमा भित्रिने मोबाइल, खाद्यान्न लगायतका वस्तुको आयात रोकिँदा भ्याटमा सकारात्मक प्रभाव परेको हो । 

यसैगरी भदौंमा निषेधाज्ञाका कारण मदिरा र सूर्तीजन्य वस्तुको बिक्रीमा गिरावट आउँदा अन्तःशुल्क असुली प्रभावित भएको छ । ७ अर्ब अन्तःशुल्क संकलनको लक्ष्य राखेकोमा विभागले करिब ५ अर्ब मात्रै अन्तःशुल्क संकलन गरेको छ । 

यस्तै भदौमा विभागले ६ अर्ब आयकर संकलन गर्ने लक्ष्य राखेकोमा ५ अर्ब मात्रै आयकर संकलन गरेको छ ।
सरकारले भदौमा सबैखाले राजश्वबाट १ खर्ब २४ अर्ब राजस्व संकलन गरेको छ । राजस्व संकलन गर्ने अर्को निकाय भन्सार विभागले २४ अर्ब राजस्व संकलन गरेको छ ।  

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।