logo

समवेदना सन्देशमा बधाई लेख्ने कर्मचारीलाई कारबाही गरिने

    1605   पटक पढिएको

१३ पुस /अर्थ र व्यापार  - परराष्ट्र मन्त्रालयले इण्डोनेसियामा गएको सुनामीसम्बन्धी समवेदना सन्देश तयार गर्दा गल्ती गर्ने सम्बन्धित कर्मचारीमाथि कारवाही गर्ने भएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निजी सचिवालयले जारी गरेको विज्ञप्तिमा समवेदना सन्देशमा त्रुटि कसरी हुन गएको हो भन्नेबारे सम्बन्धित अधिकारीलाई स्पष्टीकरण सोधिएको र तथ्य पत्ता लागेपछि संलग्न कर्मचारीलाई उचित कारवाही गरिने जानकारी गराएका छन् ।

सचिवालयले राष्ट्रपति विद्यादेवी भण्डारीले इण्डोनेसियाका राष्ट्रपतिलाई प्रेसित सन्देशमा त्रुटि भएको नभई मन्त्रालयबाट जारी भएको प्रेस विज्ञप्तिमा त्रुटि भएको देखिन आएको भन्दै त्रुटिप्रति मन्त्रालयले तत्काल क्षमायाचनासहित स्पष्ट पारिसकेको विज्ञप्तिमा उल्लेख छ ।

सचिवालयले बुधबार मन्त्रालयबाट जारी विज्ञप्तिमा भएको त्रुटि र त्यसप्रति आमसञ्चार माध्यम तथा सामाजिक सञ्जालमा आएका प्रतिक्रियाप्रति गम्भीर ध्यानाकर्षण भएकोसमेत जनाएको छ । मन्त्रालयले जारी गरेको सन्देशमा त्रुटी हुन पुग्दा समवेदना हुनुपर्नेमा बधाइको शब्दावली परेको थियो । जसले नेपाल अन्तराष्टिय रूपमा नै  लज्जित बन्नुपर्ने अवस्था सिर्जना भएको थियो ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।