logo

टानको सचिवमा प्रदिप पण्डितले उम्मेद्वारी दिने, टानलाई गौरवशाली संस्थाको रुपमा अगाडी बढाउन प्रतिवद्ध

    6067   पटक पढिएको

७ भाद्र / अर्थ र व्यापार- ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) को आगामी भाद्र २० गते हुने निर्वाचनमा अल्पाईन कैलाश ट्रेक प्रा.लि.का प्रबन्ध निर्देशक प्रदिप पण्डितले सचिव पदमा उम्मेद्वारी दिने भएका छन । पण्डित गत एघार वर्षदेखि पर्यटन व्यवसायमा आवद्ध छन ।

“अग्रज पर्यटन व्यवसायीहरुको सल्लाह र युवा पर्यटन व्यवसायी साथीहरुले पनि टानमा जान दिनुभएको सल्लाहलाई ध्यानमा राखेर सचिव पदमा उम्मेदवारी दिने सोच वनाएको हुँ तर साथीहरुको सल्लाहमा म भन्दा योग्य व्यक्ति आउनुभएको खण्डमा अन्य पदमा गएर पनि टानलाई गतिशिल,गौरवशाली, प्रभावकारी र काम गर्न सक्ने नेतृत्व वनाउन मेरो सहयोग रहन्छ”–सचिवका आकांक्षी पण्डितले भने । “कसले के पद पाउने भन्ने ठूलो विषय होइन, त्यो पदमा रहेर के काम गरियो र गर्न सकिन्छ भन्ने कुरा महत्वपूर्ण हो,त्यसैले आँफुले पाएको जिम्मेवारीमा रहेर टान र टान नेतृत्वलाई सफल पार्न यथासम्भव प्रयास गर्नेछु”–पण्डितले भने ।

टान पर्यटन क्षेत्रकै सवैभन्दा महत्वपूर्ण संस्था भएपनि विगतका केहि वर्षयता टानप्रति सदस्य व्यवसायीहरुको भरोसा घट्दै गएको पण्डितको धारणा छ । व्यवसायीहरुको समस्या समाधान तथा पदयात्रा पर्यटन क्षेत्रको विकासका लागी टानले अझ सशक्त भुमिका खेल्नु आवश्यक छ,त्यसका लागी आँफुले सक्दो प्रयास गर्ने उनले वताए ।

“सरकार,पर्यटन मन्त्रालय र नेपाल पर्यटन वोर्डसंगको समन्वयमा गर्नुपर्ने कामहरुलाई प्रभावकारी वनाउन,टान सचिवालयलाई अझ व्यवस्थित र प्रभावकारी वनाउन र सदस्यहरुको हित र क्षमता विकासमा अझ धेरै कामहरु गर्नु आवश्यक छ,त्यसका लागी यथासम्भव प्रयास गर्नेछु”–पण्डितले भने । 


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।