logo

मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम परियोजना अन्तर्गत १३ किलोमिटर पाइप गाडियो

    1094   पटक पढिएको


१२ आषाढ/अर्थ र व्यापार– मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम परियोजना अन्तर्गत रक्सौलदेखि अमलेखगञ्जसम्म १३ किलोमिटर खण्डमा पाइप गाड्ने काम सकिएको छ । १५ महिनामा सक्ने लक्ष्यका साथ २०१७ को डिसेम्बरबाट काम शुरु गरेको परियोजनाले ७ महिनामा १३ किलोमिटर पाइप जडान गरेको हो ।
परियोजना व्यवस्थापक एवं आयल निगम अमलेखगञ्ज डिपोका प्रमुख प्रदीप यादवले १३ किलोमिटर पाईप गाडिसकिएको र २ किलोमिटर अन्तिम चरणमा पुगेको बताए ।
परियोजना अन्तर्गत रक्सौल बोर्डरदेखि अमलेखगञ्जसम्म ३६.२ किलोमिटर र मोतिहारीदेखि रक्सौल बोर्डरसम्म ३३.७ किलोमिटर पाइप बिछ्याउनुपर्ने हुन्छ । पाइप बिच्छ्याउन प्रतिकिलोमिटर ५ करोड भारतीय रुपैयाँ लाग्ने अनुमानका आधारमा ७० किलोमिटरको लागत ३ सय ५० करोड भारु पर्ने अनुमान छ । अमलेखगञ्जमा ४ वटा ट्याङ्की निर्माण गर्ने र नदीहरुमा बोरिङ गरेर पाइप गाड्नुपर्ने हुँदा लागत अझै बढी हुने अनुमान छ ।
परियोजनाका इन्जिनियर सरद पौडेलले अवरोध नभएको ठाउँमा पाइप गाड्ने काम सम्पन्न भएको जानकारी दिए । ‘पथलैया, सिमरा क्षेत्रमा सहजै पाइप बिछ्याउने र गाड्ने काम सम्पन्न भइसकेको छ, वीरगन्जको बाइपास सडक खण्डमा पनि काम भइरहेको छ’ उनले भने ‘सबै पक्षको सहयोग भयो भने समयमै काम सकिन्छ ।’
उनले वर्षायाममा दक्षिणी क्षेत्रमा काम गर्न केही समस्या आउने देखिए पनि वन मन्त्रालयले अनुमति दिएको खण्डमा वन क्षेत्रमा काम शुरु गर्न सकिने जानकारी दिए ।
परियोजना अन्तर्गत ३६ किलोमिटरमा २० किलोमिटरमा काम गर्न सहज छ । सबैभन्दा गाह्रो वनको क्षेत्रमा र त्यसपछि शंकराचार्यगेटदेखि रजतजयन्ती चोकसम्म १ किलोमिटर, परवानीपुर र जीतपुर बजारमा समस्या रहेको निर्माण कम्पनीले जनाएको छ । भारतीय कम्पनी लिखिता इन्फास्ट्रक्चर प्रालिका इन्जिनियर जाफर इमामले विभिन्न ठाउँमा अवरोध देखिएका कारण काम सोचेजसरी अघि बढ्न नसकेको बताए । 
परियोजना सम्पन्न भएपछि पाइप लाइनमार्फत पेट्रोलियम आयात गर्दा आपूर्ति सहज हुनुको साथै वाषिर्क ढुवानी तथा चुहावटमा लाग्ने करोडौं रुपैयाँ जोगिने अनुमान छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।