logo

प्याराग्लाइडिङ कम्पनीहरु कर तिर्न सहमत भएपछि उडान प्रतिबन्ध हट्यो

    1132   पटक पढिएको

२२ फागुन/ अर्थ र व्यापार –  पोखरा महानगरपालिकालाई प्याराग्लाइडिङ कम्पनीहरुले कर तिर्न सहमत भएपछि बन्द गर्ने भनिएको प्याराग्लाइडिङ उडानमा अवरोध नहुने भएको छ । पोखरा महानगरपालिका र हवाई खेलकुद संस्था, नेपाल प्याराग्लाइडिङ तथा ह्याण्ड ग्लाइडिङ संघको संयुक्त प्रयासपछि व्यवसायीहरुले एक साताभित्रै एकैपटक चार वर्षको कर बुझाउन तयार भएका हुन् ।

आर्थिक वर्ष २०७२र०७३ देखि प्याराग्लाइडिङ कम्पनीहरुले महानगरले तोकेको ८६ हजार रुपैयाँ कर नबुझाएको राजश्व शाखाका रोम उपाध्यायले जानकारी दिनुभयो । अहिलेसम्म एउटा मात्र कम्पनी महानगरमा दर्ता छ । महानगरले आर्थिक बर्ष २०७२र०७३ र २०७३र०७४ मा ५ हजार ५ सयका दरले कर तोकेको थियो भने २०७४र०७५ मा ५० हजार तथा २०७५÷०७६ मा २५ हजार रुपैयाँ शुल्क तोकेको थियो । एक सातासम्म पनि कर नतिरे प्याराग्लाईडिङ बन्द गराउने महानगरले जनाएको छ । 

उता नागरिक उड्ययन प्राधिकरण पोखराले भने दिनहुँ दुर्घटना भएपछि सोलो उडानमा रोक लगाएको छ । अर्को सूचना जारी नहुँदासम्म सोलो उडान रोकिएको प्राधिकरण पोखराका सूचना अधिकारी काशीनाथ पौडेलले जानकारी दिए ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।