logo

पोखरा महानगरपालिकाद्वारा बुधबारदेखि प्याराग्लाईडिङ उडानमा प्रतिबन्ध

    1072   पटक पढिएको

२१ फागुन/ अर्थ र व्यापार  - पोखरा महानगरपालिकाको मंगलबारको बैठकले प्याराग्लाईडिङ उडानमा बुधबारदेखि प्रतिबन्ध लगाएको छ । पोखरा महानगरपालिका वडा नम्बर १८ का अध्यक्ष रणबहादुर थापाले जिल्ला प्रहरी, जिल्ला प्रशासनलाई पनि प्याराग्लाईडिङ उडान रोक्न अनुरोध गरिएको बताए ।

महानगरलाई बुझाउनुपर्ने कर नबुझाएको र दिनहुँ दुर्घटना हुन थालेको कारण प्याराग्लाईडिङ उडाउन प्रतिबन्ध लगाईएको हो । पछिल्ला तीन दिनमा प्याराग्लाइडिङ दुर्घटनामा २ जना विदेशी नागरिकको निधन भएको छ भने प्याराग्लाईडिङ कन्पनीले विगत ४ बर्षदेखि महानगरलाई कर बुझाएका छैनन् भने महानगरमा दर्ता पनि भएका छैनन् । प्याराग्लाइडिङ उडाउने ५६ कम्पनी मध्ये एकवटामात्र दर्ता भएको छ ।

आर्थिक बर्ष २०७२र०७३ देखि महानगरले तोकेको ८६ हजार रुपैयाँ कर नबुझाएको महानगरको राजश्व शाखाका रोम उपाध्यायले बताएका छन । उपाध्याएका अनुसार  उनका अनुसार हालसम्म एउटा कम्पनी मात्रै महानगरमा दर्ता छ । महानगरले आर्थिक बर्ष २०७२÷०७३ र २०७३र०७४ मा ५ हजार ५ सयका दरले कर तोकेको थियो भने २०७४र०७५ मा ५० हजार तथा २०७५र०७६ मा २५ हजार रुपैयाँ शुल्क तोकेको थियो ।

यो बर्षदेखि प्रदेश सरकारले पनि प्याराग्लाईडिङमा कर लिने भएकोले केही घटाईएको उपाध्याय बताउँछन् । महानगरले १९ गते पत्र लेखेर नवीकरण र पर्यटन शुल्क उठाउनका लागि वडालाई अधिकार पठाएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।