logo

पञ्चासे केवलकारद्वारा प्रभावित क्षेत्रका किसान र मजदुरलाई रोजगारी र लगानीको अवसर दिइने

    1177   पटक पढिएको

१८ माघ /अर्थ र व्यापार - पञ्चासे केवलकार एण्ड टुर्स लिमिटेडले प्रभावित क्षेत्रका किसान र मजदुरलाई रोजगारी र लगानीको समेत अवसर दिने भएको छ । पर्वत, कास्की तथा स्याङ्जाको सिमानामा पर्ने प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल पञ्चासेमा केबलकारसहितको पूर्वाधार निर्माण गर्ने उद्देश्य राखेको कम्पनीले ‘योगदानमा अधारित शेयर वितरण कार्यविधि’ पारित गरेर रोजगारी र शेयर लगानीको अवसर दिन लागेको हो । 

पञ्चासेसँग जोडिएका पर्वतको मोदी गाउँपालिका, कुश्मा नगरपालिका, कास्कीको पोखरा महानगरपालिका, अन्नपूर्ण गाउँपालिका, स्याङ्जाको आँधीखोला गाउँपालिकाका १८ गाउँ विकास समितिका स्थायी बासिन्दालाई यो सुविधा दिइने कम्पनीले बताएको छ । स्थानीय रूपमा बसोबास गर्ने आयस्रोत नभएका र तत्काल कम्पनीले तोकेको न्यूनतम पूँजी पु¥याउन सक्ने हैसियत नभएका किसान मजदुरलाई मात्र यस कार्यक्रममार्फत सुविधा दिन लागिएको पञ्चासे केबलकार एण्ड टुर्स लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले बताए ।

कम्पनीमा लगानी गर्न कम्तीमा एक लाख रूपैयाँ लगानी गर्नुपर्छ । एक लाख लगानी गर्न नसक्ने र रोजगारी गरेर त्यसैबाट पनि शेयर सदस्य बनी मुनाफामा सहभागी बन्न सक्ने भएकाले प्रभावित क्षेत्रका लागि अवसर भएको अध्यक्ष शर्माको भनाइ छ । शेयर योजनामा भने करीब एक हजार जनालाई सहभागी बनाउने योजना कम्पनीको छ भने ९ हजार ७ सय जनालाई प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी दिने बताएको छ ।

दश अर्ब रुपैयाँको लागतमा निर्माण गर्न लागिएको सो परियोजनामा प्रभावित क्षेत्र कास्की, पर्वत र स्याङ्जाका बासिन्दालाई तीन अर्ब रुपैयाँ बराबरको शेयर दिइने कम्पनीले यसअघि नै बताएको थियो । ८.५ किलोमिटर लम्बाइ  र ८० वटा टावर रहने केबुलकारमा एकै पटक दुई हजार ४०० यात्रु आउन जान मिल्ने केबुलकारले दैनिक दश हजार मानिस बोक्ने सक्ने क्षमता हुने बताइएको छ । २०७६ साल माघमा शिलान्यास गरेर २०८२ सम्ममा निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइने कम्पनीको योजना छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।