logo

संस्थानहरु बाढीपीडितलाई खाद्य वस्तुमा राहत दिन जुटे 

    1450   पटक पढिएको

३० साउन / अर्थ र व्यापार – भारी वर्षाका कारण तराइ क्षेत्रमा आएको बाढीका कारण पीडित जनतालाई अत्यावश्यक वस्तुमा राहत प्रदान गर्न आपूर्ति मन्त्रालयले मातहतका सार्वजनिक संस्थानलाई निर्देशन दिएको छ । बाढीपीडितलाई अत्यावश्यक खाद्य वस्तुको राहतका लागि मन्त्रालयले आफू मातहतका संस्थान खाद्य संस्थान, साल्ट ट्रेडिङ कर्पोरेसन, नेसनल ट्रेडिङ कर्पोरेसन र आयल निगमलाई निर्देशन दिएको हो ।

बाढीपीडितलाई राहत उपलब्ध गराउन खाद्य संस्थानलाई ३० किलो तौलको ५० हजार बोरा चामल (क्षेत्रीय स्तरमा) तयार गरी वितरण व्यवस्था मिलाउन मन्त्रालयले निर्देशन दिएको छ । त्यस्तै, कर्णालीबाट खरिद गरी हाल मौज्दात रहेको सिमि (दाल) २–२ किलोको ५० हजार प्याकेट (केन्द्रीय स्तरमा) तयार गरी वितरण गर्न पनि मन्त्रालयले उक्त संस्थानलाई निर्देशन दिएको छ ।

खाद्य संस्थानसँग हाल झण्डै १ हजार ७ सय क्विन्टल गेडागुडी मौज्दात छ । १ लाख ७७ हजार क्विन्टिल चामल पनि संस्थानका विभिन्न क्षेत्रीय डिपोहरूमा मौज्दात छन् । मन्त्रालयले साल्ट ट्रेडिङ कर्पोरेसनलाई १ किलो नून र १ लिटर खाने तेलका ५०–५० हजार प्याकेट तयार गरी वितरण गर्न निर्देशन दिएको छ । अत्यावश्यक खाद्य वस्तुको अधिकतम मौज्दात विस्तार गरी सेवा प्रवाह गर्न पनि मन्त्रालयले मातहत संस्थानलाई निर्देशन दिएको छ ।

केन्द्रीय दैवीप्रकोप उद्दार समितिको गत शनिवार बसेको बैठकले बाढीपीडितलाई अत्यावश्यक दाल, चामल, तेल र नूनमा वितरण व्यवस्था मिलाउन निर्देशन दिएपछि आपूर्ति मन्त्रालयले आफूमातहतका संस्थानलाई राहत कार्यमा जुट्न निर्देशन दिएको हो । बाढीपीडितलाई राहतस्वरुप उपलब्ध गराउने अत्यावश्यक खाद्य वस्तुका लागि आवश्यक बजेटको सोधभर्नाका लागि मन्त्रिपरिषदमा माग गर्ने निर्णय उक्त समितिले गरेका थियो ।

त्यस्तै, आपूर्ति मन्त्रालयले पेट्रोलियम तथा खाना पकाउने एलपी ग्याँसको सहज व्यवस्थाका लागि नेपाल आयल निगमलाई निर्देशन दिएको छ । मातहतका सबै सार्वजनिक संस्थानका पदाधिकारीसहित आइतबज्ञार आपूर्ति मन्त्रालयमा बसेको बैठकले विपत व्यवस्थापनसँग सम्बन्धित आपतकालीन कार्य गर्न केन्द्रीय स्तरमा कम्तीमा तीन सदस्यीय विपद व्यवस्थापन उप (समिति गठन गर्ने निर्णय गरेको छ ।

सबै निकायले मातहतका क्षेत्रीय र स्थानीय स्तरमा समेत विपत व्यवस्थापन समिति गठन गर्ने निर्णय पनि मन्त्रालयले गरेको छ । केन्द्रीय स्तरमा गठन भएका उप (समितिले मन्त्रालय स्तरीय दैवी प्रकोप उद्दार समितिको समन्वयमा र क्षेत्रीय तथा स्थानीय स्तरमा गठन भएका उप (समितिले जिल्ला दैवीप्रकोप उद्दार समितिको समन्वयमा रहेर कार्य गर्ने निर्णय भएको छ । विपत व्यवस्थापन गर्ने कार्यलाई प्रभावकारी बनाउन फोकल व्यक्ति तोकि २४ सै घण्टा सम्पर्कमा रही पीडितलाई सेवा प्रदान गर्ने निर्णय गरेको छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।