logo

समायोजन हुन अनलाइनमा दर्ता गराउने कर्मचारीको संख्या झण्डै ७५ हजार

    953   पटक पढिएको

३ माघ/ अर्थ र व्यापार - संघ, प्रदेश र स्थानीय तहमा समायोजन हुन झण्डै ७५ हजार कर्मचारीले अनलाइनमार्फत आफ्नो नाम दर्ता गराएका छन् । बुधबार राति १२ बजेसम्ममा झण्डै ७५ हजार कर्मचारीले समायोजनमा जान अनलाइन फारम दर्ता गरेको कर्मचारी समायोजन तथा संगठन महाशाखाका प्रमुख सहसचिव केदारप्रसाद पनेरुले जानकारी दिए ।

उनका अनुसार सबैभन्दा धेरै कर्मचारीले स्थानीय तहमा समायोजन हुन फारम भरेका छन् । तीन लाख ४५ हजार २ सय २५ जनाले स्थानीय तह, ५८ हजार ६ सय २३ जनाले प्रदेश र ४६ हजार २ सय ७० जनाले संघमा समायोजन हुन फारम भरेका उनले जानकारी दिए ।

यस्तै ५ हजार भन्दा बढीले फाराम भरे पनि कुन तहमा जाने भनेर रोज्न बाँकी छ । सहसचिव पनेरुले समायोजन हुन आएका आवेदनका आधारमा आजैदेखि विवरण संकलन गरेर खटाइने कर्मचारीको तालिका बनाइने र त्यसको सेवा समूह सञ्चालन गर्ने जिम्मेवारी मन्त्रालयले लिने जानकारी दिए । 

मन्त्रालयले संघमा ४७ हजार ९ सय २०, प्रदेशमा २२ हजार ७ सय ५५ र स्थानीय तहमा ६७ हजार ५ सय ३ जना कर्मचारीको दरबन्दी कायम गरेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।