logo

आयल निगमको नाफा दुई अर्ब ४६ करोड, नेपाल सरकारले दुई अर्ब २० करोड रुपैयाँ नाफा लैजाने

    975   पटक पढिएको

१० पुष / अर्थ र व्यापार -  नेपाल आयल निगमले गत आर्थिक वर्षको नाफाबाट २० प्रतिशत नगद लाभांश प्रदान गर्ने भएको छ। प्रमुख शेयरधनी नेपाल सरकारले नै अधिकांश लाभांश लैजाने छ। गत वर्ष नेपाल सरकारले निगमलाई दिएको ऋणलाई पुँजीकरण गरेको थियो।

ऋणलाई पूँजीकरण गरे सँगै २९ करोड २३ लाख रुपैयाँको शेयर पुँजी बढेर ११ अर्ब रुपैयाँ पुर्याइएको थियो। निगमले गत आर्थिक वर्षमा दुई अर्ब ४६ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो। यहि नाफाबाट नेपाल सरकारले दुई अर्ब २० करोड रुपैयाँ लैजाने भएको हो।

दुई खर्ब ४६ अर्ब रुपैयाँको कारोबार भएको थियो। निगमलाई जम्मा कारोबारको ३.५५ प्रतिशत नाफा बस्छ। यस आधारमा निगमले ८ पेट्रोलियम पदार्थको कारोबार र ग्याँसको खरिद बिक्री मार्फत ८ अर्ब ७५ करोड रुपैयाँ मार्जिन नाफा गरेको थियो।

सम्पूर्ण खर्च कटाएर गत वर्ष दुई अर्ब ४६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको हो। यहि नाफाबाटै सरकारले दुई अर्ब २० करोड रुपैयाँ आफ्नो खातामा तान्नेछ। सरकारले गत वर्ष आफुले दिएको ऋणलाई पूँजीकरण गरेसँगै उक्त नगद नाफा लैजान सुझाएको थियो।

नेपाल सरकारले आयल निगमको तर्फबाट अहिलेसम्मकै अधिकतम लाभांश लैजानेछ। निगमले पुस २९ गते ३८ औ वार्षिक साधारणसभा डाकेको छ। साधारणसभाले उक्त लाभांश पारित गरेसँगै सरकारले पैसा लैजानेछ।

यो साधारणसभा निगमको इतिहासमै आर्थिक वर्ष सकिएको ६ महिनाभित्र पहिलो पटक हुन लागेको हो। राजस्व संकलन लक्ष्य भन्दा कम संकलन भैरहेको सन्दर्भमा नेपाल सरकारले निगमबाटै दुई अर्ब २० करोड रुपैयाँ लैजाने भएको हो।

नेपाल सरकारको पूर्ण वा आशिंक लाभांश वितरणको लागि नेपाल सरकारको अनुमति आवश्यक पर्छ। यसै आधारमा नेपाल सरकारले नगद लैजान चाहे पछि साधारणसभामा यस्तो प्रस्ताव गरिएको हो।

नेपाल आयल निगम अन्य कम्पनी जस्तो नाफामुखी संस्था होइन। तर निगमले गत आर्थिक वर्षमा आर्जन गरेको यतिधेरै लाभांश आफ्नो खातामा लैजाने भएको हो। अन्तर्रा्ष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ उच्च हुँदा पनि समायोजन हुने गरि खरिद बिक्री गर्दै आएको छ।

निगमले करिव २१ करोड रुपैयाँको नोक्सानीलाई कभर गरेको छ। केही पेट्रिलयम पदार्थमा निगमले घाटा खाएर बिक्री वितरण गरिरहेको छ। लागत मूल्य भन्दा कममा बिक्री गर्दा भएको २१ करोड रुपैयाँको नोक्सानीलाई कभर गर्न सफल भएको हो।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।