logo

गैर आवासीय नेपाली संघ युएईको सातौँ महाधिबेशन भदौ ३० मा हुने

    1757   पटक पढिएको

२३ भदौ / अर्थ र व्यापार- गैर आवासीय नेपाली संघ युएईको सातौँ महाधिबेशन आगामी ३० भदौमा देइरा स्थित काल्टन टावरमा हुने भएको छ । युरोप तथा मध्य पूर्वका देशहरु लगायतमा फैलिएको गैर आवासीय नेपाली संघ (एनआरएन) एक सामाजिक संस्थाका रुपमा परिचित छ र संस्थाले नेपालमा धेरै कामहरु समेत गरेको छ । पछिल्लो समयमा युरोपका देशहरुमा जति चर्चा एनआरएनको हुन्छ, त्यो भन्दा बढी चर्चा मध्य पूर्वका खाडी देशहरुमा हुन थालेको छ ।

यतिबेला खाडी देशहरु मध्ये युएईमा एनआरएन एनसिसी को १५ सेप्टेम्बर २०१७ मा सम्पन्न हुने सातौं महाधिवेशनको चर्चा चुलिएको छ । महाधिवेशनका लागि गठित निर्वाचन समितिले पुँजिकृत सदस्यहरू, अधिवेशन प्रतिनिधि र अधिवेशनका लागि आवश्यक तालिका सार्वजनिक गरेको छ । जस अन्तर्गत पुँजिकृत सदस्य २,५४० जना र युएईका विभिन्न क्षेत्र बाट प्रतिनिधित्व गर्ने गरी कार्यसमिति, विशेष समिति, सल्लाहकार गरी २८७ जना महाधिवेशन प्रतिनिधिहरूको नाम पनि सार्वजनिक गरेको छ । ५ सेप्टेम्बर २०१७ मा निर्वाचन समितिले प्रकाशित गरेको निर्वाचन प्रक्रिया सँगै युएईमा अरु निर्वाचन सरगर्मी बढेको छ ।

सन २०१७ देखि २०१९ सम्मको दुई वर्षे कार्यकालका लागी वर्तमान कार्यसमितीका उपाध्यक्ष रमेश श्रेष्ठले अध्यक्षमा आफ्नो उम्मेद्वारी घोषणा गरेका छन भने युएईमा लामो समय सम्म रहेर सामाजिक कार्यमा सक्रिय रहेका सालिक सुवेदी ले पनि अध्यक्षका निमित्त  उम्मेद्वारी घोषणा गरेका छन । अध्यक्षका प्रत्याशी रमेश श्रेष्ठले आफ्नो वर्तमान कार्यकालमा पुरा हुन नसकेका कार्यलाई पुरा गर्ने र सबै तह र तप्कालाई साथमा लिएर एनआरएन लाई नयाँ उचाइमा पु¥याउने चुनावी एजेन्डा अघि सारेका छन भने अर्का प्रत्याशी सालिक सुवेदीले युएईमा सबैका निमित्त सामुदायिक भवन निर्माण गर्ने योजना सँगै एनआरएन लाई विवादमुक्त संस्था बनाउने एजेन्डा अघि सारेका छन ।

उम्मेदवारका आकांक्षी मध्ये सालिक सुवेदी र वर्तमान एनआरएन एनसिसीका युथ को अर्डिनेटर निश्चल तिर्थ दाहाल महासचिवमा प्रत्यासी रहने गरि विभिन्न संघ, संस्था तथा समर्थकको साथमा स्वतन्त्र बाट चुनाव लडने बुझिएको छ भने अर्का अध्यक्षका प्रत्यासी रमेश श्रेष्ठ प्रमुख राजनीतिक संगठनहरुको गठबन्धनमा सहमति गरेर चुनाव लडने बुझिएको छ ।


अध्यक्ष रमेश श्रेष्ठ समुहको उपाध्यक्षमा बालकृष्ण मरासिनि,सचिवमा मिलन गुरुङ,सह कोषाध्यक्ष निरन्जन सिलवाल, ईभेन्ट को अर्डिनेटर मिटिङले बनाउने गरि सदस्य शम्सेर योन्जन,ओम प्रकास उप्रेती,सदस्य जीवनदास र मोहन  सिवाकोटी रहेका छन ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।