logo

उपत्यकाका निर्माणाधिन सडक पुरा हुन अझै एक बर्ष लाग्ने

    1581   पटक पढिएको


६ साउन/अर्थ र व्यापार– धुलो र हिलाले सास्ती खेप्दै आएका उपत्यकाबासीलाई यसबाट छुटकारा पाउन अझै एक बर्ष कुर्नुपर्ने भएको छ । 

उपत्यकाका निर्माणाधिन सडकको म्याद सरकारले एक वर्ष थपिदिएपछि अरु थप १ बर्ष उपत्यकाबासीले सास्ती खेप्न पर्न भएको हो । 

सर्वोच्च अदालतले उचित मुआब्जा दिएर मात्रै सडक विस्तार गर्न आदेश दिएपछि म्याद थपिएको इन्जिनियर  विश्वविजयलाल श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार मुआब्जा प्रकृयाका लागि ६ महिना लाग्छ । उपत्यका विकास प्राधिकरणका विकास आयुक्त डा.भाईकाजी तिवारीका अनुसार हाल विस्तार हुन लागेका सडकका लागि मात्रै मुआब्जाका लागि ५० अर्ब रुपैयाँ आवश्यक पर्छ ।

राजधानीको मूख्य प्रवेशदवार नागढुंगा (कंलकी(त्रिपुरेश्वर (१२.५ किमी),चावहिल –जोरपाटी–साँखु (१२.५ किमी), कर्मनाशा खोला– हरिसिद्धी– गोदावरी (७.६ किमी), ढोलाहिटी–सुनाकोठी– चापागाउ–सरस्वतीकुण्ड करिव (१३ किमी), इमाडोल– सिद्धिपुर– गोदावरीखोला– लामाटार सडक (७.२ किमी), जोरपाटी–सुन्दरीजल(७ किमी), बुङमती–नख्खुखोला– भैसेपाटी (५.५० किमी), पेप्सिकोला–सल्लाघारी  सडक विस्तार (४.५ किमी) लगनखेल–सातदोबाटो (८ सय मिटर), चक्रपथ– ज्ञानज्योति गणेश–  विद्धतमार्ग (०.७४२किमी),सडकको म्याद एक वर्ष थपिएको हो । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।