logo

निजगढ अन्तराष्ट्रिय विमानस्थल आयोजनाद्वारा ४ अर्ब रुपैयाँ बजेट छुटयाउन सरकारलाई आग्रह

    1066   पटक पढिएको

२८ माघ /अर्थ र व्यापार - निजगढ अन्तराष्ट्रिय विमानस्थल आयोजनाले प्रारम्भिक चरणको काम अघि बढाउन तत्कालै ४ अर्ब रुपैयाँ बजेट छुटयाउन सरकारलाई आग्रह गरेको छ । आयोजना कार्यालय सिमराका प्रमुख ओम शर्माका अनुसार प्रारम्भिक चरणको काम अन्तर्गत चर्चामा रहेको टागियावस्तीलाई स्थानान्तरण गर्न र विमानस्थलको सिमाना निर्धारण गर्न उक्त बजेट तत्कालै विनियोजन गर्न आवश्यक रहेको छ ।

सिमरामा आयोजित अन्तरक्रियामा प्रमुख शर्माले भने विमानस्थलको मुख्य चूनौती टागियावस्तीको करिब १५ सय घरधुरीलाई जितपुरसिमरा उपमहानगरकै अन्य वडा तथा कोल्हबी नगरापालिकाको अन्य वडामा स्थानान्तरण गर्नु छ । विमानस्थलको डिपिआर बनाउने परामर्शदाताको छनौट गरी यथाशिघ्र साइटमा खटाउनुपर्ने पनि उनले बताए । उनका अनुसार डिपिआर बनाउन छनौट भएको ६ वटा कम्पनीहरुको अध्ययन विश्लेषण तथा कागजात अध्ययन एवं मूल्याकन गरी चाँडै डिपिआर बनाउन निजगढ विमानस्थालको क्षेत्रमा खटाउनु पर्ने देखिन्छ । प्रारम्भिक चरणको अध्ययन अनुसार करिब ८ हजार हेक्टरमा निर्माण हुने विमानस्थलको लागि शुरुको चरणमा एक लाख भन्दा कमै रुख काटेर न्यून्तम क्षतिमा विमानस्थल निर्माण गर्न सकिने समेत उनल जानकारी दिए ।

३ सय मिटर चौडाईको रनवेमा ६० मिटर चौडा मात्रै पिचको भागबाट पहिलो रनवे र टर्मिनल बनाई विमानस्थल शुरुवात गर्न सकिने भएकाले विमानस्थल सञ्चालन तथा विस्तारको काम विस्तारै हुँदै गएपनि फरक नपर्ने प्रमुख शर्माको तर्क छ । निजगढ विमानस्थलमा ३ वटा रनवे बनाउने नीति रहेकोमा शुरुमा २४ लाख रुख काटने भ्रम जनता माझ छरिएको भन्दै उनले आपत्ति जनाए । नेपालको लागि अन्तराष्ट्रिय विमानस्थलको सबैभन्दा उपयुक्त ठाउँ हाल निर्माण हुन लागेको निजगढ  भएकोले यसको विकल्प नभएको भन्दै शर्माले सरकार तथा राजनीतिक दल एवं प्रदेश २ सरकारलाई  यस विषयमा गम्भीर बन्न पनि उनले सुझाव दिए ।

कार्यक्रममा जितपुरसिमरा उपमहानगरपालिकाका मेयर डा.कृष्ण पौडेलले निजगढ विमानस्थाल बनाउन टागियावस्तीलाई उचित मुआब्जा तथा पुर्नवासको लागि उपमहानगरपालिका जिम्मेवारी साथ अघि बढेको जानकारी गराउँदै यस विषयमा स्थानीयको सहमति पनि भइसकेको बताए ।
उनले विमानस्थल राष्ट्रिय गौरवको आयोजना भएकोले जितपुरसिमरा उपमहानगरपालिकावासीको सहयोग र सदभाव रहने बताए । होटल तथा पर्यटन व्यवसायी संघ बाराका अध्यक्ष मोहन शर्मा लामिछानेले विमानस्थलको निर्माण पर्सा, बारा, मकवानपुर, प्रदेश २ र देशकै होटल व्यवसाय तथा पर्यटनको दृष्टिकोणले अति नै महत्व र सकारात्मक आयोजना भएको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।