logo

पर्यटन मन्त्रालयमा हेलिकोप्टर संचालनको अनुमति माग्दै आवेदन दिने कम्पनीको सङ्ख्यामा वृद्धि

    778   पटक पढिएको

६ माघ /अर्थ र व्यापार - नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकोप्टर धेरै हुँदा अनुगमन गर्न नसकिएको गुनासो गरेपनि नयाँ हेलिकोप्टर संचालनको लागि अनुमति माग्ने भने बढिरहेका छन् । प्राधिकरणको गुनासोलाई वेवास्ता गर्दै पर्यटन मन्त्रालयमा हेलिकोप्टर संचालनको अनुमति माग्दै आवेदन दिने बढिरहेका छन् । मन्त्रालयका अनुसार केही दिनअघि मात्रै पर्वत हेलिकोप्टरले संचालनका लागि आवेदन दिएको हो । कम्पनीले एयरबस कम्पनीको इक्वेरियल हेलिकोप्टर ल्याउने योजना बनाएको छ ।

यसअघि चारवटा  हेलिकोप्टर कम्पनी उडान इजाजतको प्रकृयामा छन् । मुस्ताङ, अन्नपुर्ण, आरएस, स्काइलाइनले मन्त्रालयमा आवेदन दिएका थिए । स्रोतका अनुसार हाल मुस्ताङ हेलिकोप्टर उडान अनुमतिका लागि प्रक्रियामा छ भने अन्नपुर्ण र आरएस हेलिकोप्टर पाइपलाइनमै छन् । स्काइलाइन हेलिकोप्टर भने मन्त्रालयमै अध्ययनको क्रममा रहेको छ। मन्त्रालयबाट प्राधिकरणमा आएका हेलिकोप्टर कम्पनीले संचालन अनुमतिका लागि भने केही चरणहरु पार गर्नुपर्छ ।

हेलिकोप्टर कम्पनीको प्राधिकरणले पाँच महीना अघि नयाँ हेलिकोप्टर कम्पनी दर्ता नगर्न मन्त्रालयलाई पत्राचार पनि गरेको थियो । हाल मुलुकमा १० वटा कम्पनीको ३० वटा भन्दा बढी हेलिकोप्टर संचालनमा आएका छन् ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।