logo

ट्याक्सीमा नयाँ मापदण्ड

    1101   पटक पढिएको

२६ मंसिर / अर्थ र व्यापार - हालै यातायात व्यवस्था विभागले ट्याक्सीमा नयाँ मापदण्ड लागु गरेको छ । नयाँ मापदण्ड अनुसार ट्याक्सी अब कम्तीमा १२ सय सीसी वा सोभन्दा माथिको हुनुपर्नेछ । ट्याक्सी व्यवसायीहरु भने विभागको मापदण्ड हाँस्यास्पद भएको बताउँछन् । उनीहरुले सुविधा सम्पन्न ट्याक्सीसँगै सडकहरु पनि सुविधा सम्पन्न र फराकिला हुने पर्ने माग गरेका छन् ।

विगत तीन वर्षदेखि काठमाडौंमा ट्याक्सी चलाउँदै आएका आकाश मगर सरकारले ल्याएको यो मापदण्ड अनुसार काठमाडौंका सडकहरु पनि फराकिला हुनु पर्ने बताउँछन् । ‘हामीले यात्रुहरुलाई पुर्याउन गल्ली–गल्लीमा पुग्नुपर्छ’, उनले भने, ८ सय सीसीको ट्याक्सी भित्र लिन त समस्या हुन्छ, १२ सय सीसीको कसरी जान्छ । मापदण्ड ल्याउनु भन्दा ती गल्लीहरुलाई फराकिलो बनाए मात्र यो मापदण्ड सफल र कार्यान्वय हुन्छ ।’

विभागले ल्याएको मापदण्ड अनुसार नै राजधानीका सडक पनि हुनु पर्ने उनीहरुले आवाज उठाउँदै आएका छन् । अहिले सडकमा ८ सय सीसीका ट्याक्सी चलिरहेका छन् । ८ सय सीसीका ट्याक्सीहरु २० वर्ष चलाएपछि त्यसलाई हटाएर त्यही नम्बरमा अर्को नयाँ ट्याक्सी ल्याउँदा यो मापदण्ड लागू हुने जनाएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।