logo

प्यूठानमा ४ करोडको लगानीबाट भित्रियो नयाँ बस समिति

    1917   पटक पढिएको

१७ साउन / अर्थ र व्यापार – प्यूठानमा पहिलो पटक यातायात सेवा दिनका लागि नयाँ प्राइभेट कम्पनी भित्रिएको छ । गुणस्तरीय यातायात सेवा दिने भन्दै नमस्ते प्यूठान यातायात प्रा.लि. प्यूठानमा भित्रिएको हो । प्रालिले पहिलो पटक ना ६ ख ९१२३ नं.को डिलक्स बस प्यूठानबाट काठमाडौंका लागि सञ्चालनमा ल्याएको छ । प्रालिका ४ वटा डिलक्स बस प्यूठान भित्रिएका छन् भने दुई वटा बस काठमाडौं बसपार्कमा छन् ।

यी बसहरु पनि छिट्टै सञ्चालनमा ल्याउने तयारी प्रालिले गरेको छ । २०७३ वैशाख २२ गते दर्ता भए पनि विभिन्न समस्याले गर्दा झन्डै १४ महिनापछि सेवा शुरु भएको हो । ४ करोडको लगानीमा ६ वटा डिलक्स बस आइसकेको र मिनी बस भित्र्याउने तयारी भइरहेको छ । जिल्लाका यात्रुहरुको समस्यालाई मध्यनजर गरी युवाहरुको सक्रियतामा प्रालि सञ्चालनमा आएको हो ।

प्रालिले हाललाई ठूलाबेसी काठमाडौं, बाहाने कृष्णनगर र खलंगा तुल्सीपुर सेवा सञ्चालन गर्ने तयारी गरेको छ । प्रमुख जिल्ला अधिकारीको समन्वयमा स्वर्गद्वारी सार्वजनिक यातायात व्यवसायी समिति र प्रालिबीच समन्वय बैठक बसेर समय निर्धारणको तयारी भइरहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।