logo

ग्वान्जाओमा खुल्यो नेपाली महावाणिज्य दूतावास

    2167   पटक पढिएको

२६ भदौ / अर्थ र व्यापार – उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले चीनको ग्वान्जाओस्थित नेपालको महावाणिज्य दूतावास कार्यालयको आज उद्घाटन गरेका छन् । परराष्ट्रमन्त्री महराले ग्वान्जाओमा आयोजना गरिएको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै नेपालको कार्यालय खोल्न सहयोग गरेकामा चिनियाँ सरकार तथा ग्वान्जाओको प्रान्तीय सरकारलाई धन्यवाद दिए । 

नियोग चीनस्थित नेपालको चौथो कूटनीतिक नियोग भएको उल्लेख गर्दै परराष्ट्रमन्त्री महराले नेपाल–चीनबीचको द्वीपक्षीय सम्बन्धलाई थप सबल बनाउन र वाणिज्यका क्षेत्रमा अझ सम्बन्ध विस्तार गर्न सहयोग पुग्ने विचार व्यक्त गरे । यो प्रान्तसँग नेपालको व्यापार सम्बन्ध मजबुत रहेको र कार्यालय स्थापनापछि आर्थिक एवं व्यापारिक गतिविधि थप विस्तार हुनेछ ।

आगामी दिनमा दुई देशका जनताका बीचमा पनि राम्रो सम्बन्ध विस्तार हुने छ । यहाँ झण्डै २०० नेपाली व्यापारी विभिन्न व्यवसायमा संलग्न छन् । महावाणिज्य दूतावास खुलेसँगै व्यापारीलाई आइपर्ने समस्या समाधान हुनेछन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।