logo

नेपाल धितोपत्र बोर्डद्वारा दुई दिने अन्तराष्ट्रिय वित्तीय साक्षरता सम्मेलन आयोजना गरिने

    1117   पटक पढिएको

१६ असार / अर्थ र व्यापार - नेपाल धितोपत्र बोर्डले दुई दिने अन्तराष्ट्रिय वित्तीय साक्षरता सम्मेलन गर्ने भएको छ । बोर्डले मंगलबार र बुधबार गर्न लागेको सम्मेलनमा अमेरिका, दक्षिण अफ्रिका, अष्ट्रेलिया, सिंगापुर, भुटान, थाईल्याण्ड चीन, भारत लगायतका देश तथा सार्क राष्ट्रका वित्तीय क्षेत्रका नियमनकारी निकायहरुका ४० जना प्रतिनिधिसहित १२५ जनाको सहभागीता रहने बोर्डले जनाएको छ ।

उक्त सम्मेलनमा बोर्डले दि अर्गनाइजेशन फर इकोनोमिक को–अपरेशन एण्ड डेभलपमेन्ट (ओसिइडी) अन्तर्गतको इन्टरनेशनल नेटवर्क अन फाइनान्सिएल एजुकेशन (आईएनएफई) सँगको सहकार्यमा उक्त कार्यक्रम गर्न लागेको हो । विश्वभरी नै वित्तीय साक्षरताको स्तर अभिवृद्धि गर्ने उद्देश्यले स्थापित उक्त संस्थामा हाल ६४ देशका ८६ संस्थाहरु पूर्ण सदस्य र ९५ देशका १७२ संस्थाहरु नियमित सदस्यको रुपमा रहेको बोर्डले जनाएको छ ।
सम्मेलनमा अर्थ मन्त्रालय, राष्ट्र बैंक, बीमा समिति, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल स्टक एक्सचेञ्ज लि, अन्य धितोपत्र बजार सहभागी, बैंकर्स एसोशियसन, लगानीकर्ताका संघहरु लगायतका संस्थाहरुको पनि उपस्थिती रहने बताइएको छ ।

सम्मेलनमा नेपाल लगायत अन्य बिभिन्न अन्तर्रा्ष्ट्रिय जगत्का विज्ञहरुले वित्तीय साक्षरता, समावेशिता, वित्तीय ग्राहक सुरक्षा, वृद्ध जनसंख्याको वित्तीय समावेशिता, बाल्यकालदेखि वित्तीय जोखिमता कम गर्ने, ग्रामीण तथा शहरी जनसंख्याका वित्तीय आवश्यकता बुझ्ने, वित्तीय साक्षरतामा सुधार एवम् साना तथा मझौला उद्योगमा पहुँच वृद्धि गर्ने सम्बन्धमा विभिन्न सत्रहरु संचालन हुने बताइएको छ । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।