logo

बिहिबारदेखी 'नेपाल जब फेयर–२०२१' सुरु हुँदै, ३ हजारलाई रोजगारी दिने दावी

    1523   पटक पढिएको

२९ पुस/अर्थ र व्यापार– भोली बिहिबारदेखी काठमाडौंको होटल सोल्टि क्राउन प्लाजामा नेपाल जब फेयर–२०२१ सञ्चालन हुँदैछ ।

एस्पायर जब्सले रोजगारीको खोजीमा रहेका युवा र रोजगारदाता कम्पनीलाई एकै स्थानमा भेला गराउने उद्देश्यले जब फेयर–२०२१ को आयोजना गर्न लागेको हो । फेयरमा एक सय भन्दा बढी रोजगारदाता कम्पनीको सहभागिता रहनेछ ।

आयोजक एस्पायर जब्सले ३ हजार बढीलाई रोजगारी प्रदान गर्ने दावी गरेको छ । फेयरमा भर्चुअल तथा भौतिक रुपमा सहभागी बन्न सकिनेछ ।

कम्पनीले अन्तवार्ताका माध्यमबाट दक्ष कामदार छनौट गर्नेछन् । फेयरमा हस्पिटालिटी, एभियसन, उद्यमशीलता, वैदेशिक अध्ययन लगायत विविध क्षेत्रसँग सम्बन्धित करिअर सेमिनार सेसनहरु चल्नेछन् ।

यस्तै, अशक्त नागरिकहरुका लागी विशेष अवसर रहेको आयोजकले बताएको छ । यस बाहेक कार्यालय सहयोग, रिसेस्सनिष्ट, कल सेन्टर एजेन्ट, डाटा इन्कोडर जस्ता क्षेत्रमा जागिरको अवसर रहेको छ ।

फेयरमा राजनीतिक विश्लेषक एवं अर्थशास्त्री हरि रोका, रोजगार विज्ञ प्रा.डा.रमेशप्रसाद कोइराला, नेपाल विद्युत प्राधिकरकणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ नोट स्पिकरका रुपमा रहनेछन् ।

त्यसैगरी, सिएनएन हिरो अनुराधा कोइराला, पूर्वाधार विज्ञ डा. सूर्यराज आचार्य, रोजगारविद् डा. गणेश गुरुङ, बैंकर रविना देशराज श्रेष्ठलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।