logo

वितरणलाइनमा आउने समस्याका कारण बिजुली काटिने समस्या आउने गरेको प्राधिकरणद्वारा जानकारी

    1174   पटक पढिएको

२६ पुस /अर्थ र व्यापार  - लोडसेडिङ हटिसकेको भएता पनि आजभोलि विभिन्न स्थानमा बारम्बार बिजुली काटिने समस्या बढेको छ । कतिपयले यसलाई ‘लोडसेडिङ’ भन्दै गुनासो गर्ने गरेका छन् । प्राधिकरणले भने हिउँदमा लोड बढ्दा मुख्यगरी वितरणलाइनमा आउने समस्याका कारण यस्तो बिजुली काटिने समस्या आउने गरेको बताउने गरेको छ । यो वर्ष भने वितरण प्रणालीमा आउने समस्यालाई हटाउन प्राधिकरणले आक्रमक रुपमा सुधार गर्न थालेको छ । यसवर्ष मात्रै २ हजार ट्रान्सर्फमर फेरिसकेको छ ।

नेपाल विद्युत प्राधिकरणका वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकार्यकारी निर्देशक हरराज न्यौपानेका अनुसार यो वर्ष मात्रै देशभर ५ हजार ट्रान्सर्फमर थप्दैछ । एक वर्ष भित्र १० हजार ट्रान्सर्फमर थप्ने तयारी रहेको कार्यकारी निर्देशक कुलमान घिसिङले बताउँछन् । प्राधकिरणले कुल गरेर १४ हजार नयाँ ट्रान्सर्फमर ल्याउँदैछ । बिग्रिएका पुराना ट्रान्सर्फमर पनि बनाएर चलाउने गरिएको छ । उनका अनुसार पछिल्ला दिनमा विभिन्न क्षेत्रमा ट्रान्सर्फमर फेर्ने काम तीव्र पारिएको छ । ट्रान्सर्फमर फेर्ने कामका लागि केही समय बिजुली काट्ने गरिएकाले यसलाई सकारात्मक रुपमा सहयोग गर्न प्राधिकरणले अनुरोध गरेको छ ।
सिस्टमलाई विश्वसनीय बनाउन ट्रान्सर्फमर फेर्दा काटिने लाइनलाई लोडसेडिङ भन्न भएन । अहिले हामीलाई मागअनुसार वितरण गर्न विजुलीको अभाव छैन वितरण विभाग प्रमुख न्यौपानेले भने,’स्थानीय क्षेत्रमा जोडिएका ट्रान्सर्फमरमा धेरै लोड पर्दा पड्किने समस्या ब्याप्त भएपछि लोड एनालाइसिस गरेर फेर्ने काम पनि तीव्र परेका र्छौं ।’

जाडो मौसममा हिटर, एसी, इलेक्ट्रिक गिजर लगायत धेरै विजुली खपत गर्ने यन्त्रहरु बढी चल्छन् । यसका कारण स्थानीय क्षेत्रमा वितरण गर्न राखेको ट्रान्सर्फमरभन्दा बढी विजुली खपत हुने अवस्था आउँछ । त्यसले स्थानीय वितरण प्रणालीमा चाप पर्छ र ट्रान्सर्फमर बिग्रन्छ ।

प्राधिकरणले गत दुई(तीन वर्षमा नयाँ ट्रान्सर्फमर फेर्न सकेन । यो वर्ष भने १४ हजार ट्रान्सर्फमर ल्याउने प्रक्रिया अघि बढ्को छ । नेपाल आइसकेका २ हजार ट्रान्सर्फमर सिस्टममा जोडिसकिएको छ भने ५ सय ट्रान्सर्फमर अहिले हेटौंडास्थित केन्द्रीय वर्कसपमा परीक्षणका क्रममा छन् । त्यसबाहेक ठूलो संख्यामा ट्रान्सर्फमरहरु भन्सारहरुमा आइसकेको न्यौपानेले बताए । ती ट्रान्सर्फमरहरु परीक्षण पश्चात लोड ब्यालेन्सका लागि फटाफट जडान गरिने उनले बताए ।

प्राधिकरणले यसपटक नियमित राख्ने भन्दा फरक क्षमताका सीएचपी ट्रान्सर्फमर पनि प्राधिकरणले किन्दैछ । बलियो र कम चुहावट हुने यो ट्रान्सर्फमरले पनि पनि चुनौतीपूर्ण क्षेत्रमा वितरण प्रणालीलाई विश्वसनीय बनाउन सघाउ पुग्ने विश्वास गरिएको छ । प्राधिकरणको प्रणाली पुरानो छ । यसलाई स्तरोन्नति नगरेसम्म यस्तो अनियमित बिजुली काटिनेसमस्या समाधान गर्न कठीन हुने प्राधिकरणका तर्क अधिकारीहरुको छ ।

लोडसेडिङको चुनौती पन्छाएपछि प्राधिकरण अब यस्ता अनियमित बिजुली कटौती हुने समस्या समाधानका लागि अघि बढेको कार्यकारी निर्देशक कुलमान घिसिङ बताउँछन् । यसका लागि वितरण लाइनमा लोडअनुसारको ट्रान्सर्फमर थप्ने र काठको पोल हटाउनेदेखि ‘मल्टिपल रिंग बैंक’ बनाउनेसम्मको प्रयास सुरु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।