logo

नेपाल र भारत वाणिज्य सन्धीमा जलमार्गलाई  ट्रेड रुटमा समावेश गर्न सैद्धान्तिक सहमती

    1023   पटक पढिएको

२७ माघ /अर्थ र व्यापार - नेपाल र भारत वाणिज्य सन्धीमा ईनल्याण्ड वाटरवेज अर्थात जलमार्ग दिनका लागि भारत सहमत भएको छ । वाणिज्य सन्धी पुनरावलोकनका लागि पोखरामा बसेको द्धिपक्षीय बैठकमा जलमार्गलाई पनि ट्रेड रुट (व्यापारिक मार्ग)मा समावेश गर्न सैद्धान्तिक सहमती भएको हो । 
यसअघि ट्रेड रुटमा सडक र रेलमार्ग मात्रै थिए । जलमार्गलाई ट्रान्जिटी ट्रिटिमा राख्ने र ट्रेड रुट डिफाइन गरेर जलमार्ग प्रयोग गर्ने विषयमा भारत सहमत भएको वाणिज्य मन्त्रालयका सहसचिव रविशंकर सैँजुले जानकारी दिए । वाणिज्य सन्धी पुनरावलोकन गर्नका लागि पोखरामा बिहीबार र शुक्रबार छलफल भएको थियो । बैठकको नेपालका तर्फबाट उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रविशंकर शैजु र भारतका वाणिज्य सहसचिव भुपेन्द्र भल्लाले नेतृत्व गरेका थिए ।

सैँजुले वाणिज्य सन्धीमा दुईवटा विषयलाई विशेष जोड दिईएको बताए । उनका अनुसार पहिलो अहिलेको वाणिज्य सन्धिमा केही प्रोभिजनहरु सुधार र समसामयिक बनाउन एउटा एउटा विषयमा डिटेलमा छलफल गरिएको थियो । यसैगरी निर्यातमा केहि सुविधाहरु पाए यहाँका उत्पादनसँग सम्बन्धी उद्योगहरु बढाउने विषयमा पनि छलफल भएको थियो ।  उद्योगको उत्पादन बढाउन सकिए व्यापारघाटाको असन्तुलन कम गराउन सकिने सैँजुले जानकारी दिए । भारतसंगको व्यापार घाटा अत्यन्त बढ्दो छ ।

त्यस्तै भ्यालु एड ३० प्रतिशतबाट घटाएर २० प्रतिशत बनाउन नेपालले प्रस्ताव गरेको छ । भारतीयले यसमा सकारात्मक प्रतिक्रिया दिएका छन् । त्यसै गरी कच्चापदार्थ तेस्रो मुलकबाट ल्याउनुपर्ने नीतिका विषयमा पनि पुनरावलोकन गर्ने विषयमा समेत छलफल भएको सैँजुले जानकारी दिए । व्यवसायीले पनि कच्चापदार्थ भारतबाट  ल्याउन पाए उत्पादनको लागत कम हुने भन्दै आएका थिए ।

भन्सारका महानिर्देशकको बैठकमा पाँचवटा नयाँ नाका खोल्ने विषयमा निर्णय भैसकेको  छ । सो कुरालाई मध्यनजरमा राखेर नयाँ नाका खोल्ने विषयमा अध्ययन अघि बढाउने पनि सहमती भएको छ । त्यसैगरी भन्सार विन्दुलाई सहजीकरण गर्ने, पूर्वाधारको विकास गर्ने लगायतका विषयमा छलफल भएको छ । अहिले रहेको भन्सार प्रक्रिया सहजीकरण गर्नका लागि दुवै पक्ष  सहमत भएका छन् । अहिले झन्झटिलो भन्सार प्रक्रियाका कारण  खासगरी नेपाली सामान निर्यातमा समस्या हुने गरेको छ ।

भन्सारमा रहेका ल्याबहरुलाई भारतले मान्यता दिँदैन । उनीहरुकै ल्याबमा टेष्ट गराउनुपर्ने अवस्था छ । नेपाली ल्याबलाई पनि भारतकै सरह मान्यता दिनुपर्ने नेपालले प्रस्ताव गरेको छ । अरु धेरै विषयमा छलफल भएको सैँजुले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।