logo

एनसिएचएलले पूर्वाधारमा लगानी बढाउन ३८ प्रतिशतले पूँजी बढायो

    1076   पटक पढिएको

२६ कात्तिक /अर्थ र व्यापार - नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको आठौं वार्षिक साधारणसभाले पूँजी बृद्धि गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ ।

कम्पनीले चुक्ता पूँजी ३८ प्रतिशतले बढाउन स्वीकृति पाएको हो। कम्पनी चुक्ता पूँजी अहिले २१ करोड ६० लाख रुपैयाँ रहेको छ। ३८ प्रतिशत बोसन शेयर वितरणपछि पूँजी २९ करोड ८० लाख रुपैयाँ पुग्ने छ ।
सभाले बोनस शेयरको कर प्रयोजनका लागि २ प्रतिशत नगद लाभांससमेत वितरण गर्ने प्रस्तावसमेत पारित गरेको छ। कम्पनीको अधिकृत पूँजी पनि वृद्धि गरी ५० करोड पुर्याइने निर्णय भएको छ । कम्पनीले गत बर्ष  २३ करोड ७७ लाख रुपैयाँ नाफा गरेको थियो ।  

कम्पनीले पूँजी वृद्धि गरी भुक्तानी प्रणाली पूर्वाधार विकास तथा विस्तार गर्ने, थप प्रणालीहरु ल्याउने तथा जोखिम व्यवस्थापन सुढृढ बनाउने योजना बनाएको छ । 

गत बर्ष एनसिएचएल(इसिसीमार्फत कुल १ करोड १७ लाख ५५ हजार ७२ चेक राफसाफ भएको थियो भने अन्तर बैंक विद्युतीय भुक्तानी प्रणालीबाट ४९ लाख ३१ हजार ९५० तथा कनेक्ट आइपिएस इपेमेन्ट प्रणालीमार्फत १ लाख ८६ हजार ४१ भुक्तानी कारोबारहरु भएको थियो ।

कम्पनीले आफ्नो भुक्तानी प्रणालीहरु मार्फत कुल ९२ खर्ब बराबरको भुक्तानी कारोबारहरु राफसाफ गरेको थियो। हाल ८० सदस्य बैंक तथा वित्तीय संस्थाहरुका ५ हजार ३ शाखाहरुबाट कम्पनीले आफ्ना सेवाहरु प्रदान गरिरहेको छ । कम्पनीमा २२ गैर–बैंकिङ संस्थाहरु पनि आवद्ध छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।