logo

एनसेलले २३ करोड ब्याजसहित साढे चार अर्ब कर बुझायो, बाँकी तिर्न किस्ता सुविधा माग गर्यो

    985   पटक पढिएको

१५ पुस / अर्थ र व्यापार - सर्वोच्च अदालतको फैसलापछि एनसेलले कुल कर निर्धारणको करिव २० प्रतिशत मंगलबार भुक्तान गरेको छ। एनसेलले ४ अर्ब ५० करोड रुपैयाँ पूँजीगत लाभकर सरकारलाई बुझाएको हो।

एनसेललाई सरकारले सुरुमा २२ अर्ब ४४ करोड रुपैयाँ कर निर्धारण गरेको थियो। पत्र काटेपछि पनि ब्याज रकम बृद्धि भइरहेको थियो। मंगलबारसम्म २२ अर्ब ६७ करोड तिर्नु पर्ने भएको थियो।

यसमध्ये साढे ४ अर्ब तिरेको हो। एनसेलको हरेक महिना २३ करोडले ब्याज बढ्दै जाने छ। एनसेलले चालु आर्थिक बर्ष्भित्र सबै कर बुझाइ सक्नु पर्ने छ। असार मसान्तसम्म नबुझाए जरिवाना पनि लाग्ने छ। अहिले भने ब्याज मात्रै लाग्छ।

एनसेलले बाँकी कर तिर्नका लागि किस्ताबन्दी सुविधा माग गरेको छ। ठूला करदाता कार्यालयले पनि असारसम्म कुन कुन महिना कतिकति तिर्ने हो समय तालिका बुझाउन एनसेललाई भनेको छ। एनसेलले आफ्नो तालिका दिएपछि कार्यालयले त्यसमा निर्णय लिने छ। आय कर ऐनको दफा ११० अन्तर्गत एनसेललाई सरकारले किस्ताबन्दीको सुविधा दिन लागेको हो। 

एनसेलले २२ अर्ब ६७ करोडमध्ये २३ करोड ब्याज तिर्नु परेको हो। उसको साँवा ४ अर्ब २७ करोडले मात्र घटेको छ। अब एनसेलले  १८ अर्ब १७ करोड रुपैयाँ अझै कर तिर्नु पर्ने हुन्छ।एनसेलले दुई साताअघि नै बैंकहरूलाई पैसा तयार राख्न भनेको थियो। एनसेलले भने अनुसारको पैसा सबै बैंकले स्ट्यान्डर्ड चार्टर्डको खातामा जम्मा गरिदिइसकेका थिए।

एनसेलको ठूलो रकम एभरेष्ट बैंकमा थियो। त्यसपछि नबिल, नेपाल इन्भेष्टमेन्ट र हिमालयन लगायतका बैंकसँग थियो। एनसेलले नेपाली र डलर दुबै खातामा रहेको निक्षेप चार्टर्ड बैंक सारेको थियो। 

एनसेलको लाभकरबारे सर्वोच्च अदालतले गत मंसिर ५ गते फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै २१ अर्ब १० करोड ३९ लाख ७१ हजार ५६५ रूपैयाँ तिर्नुपर्ने प्रष्ट गरेको थियो। यसबाहेक यो रकम बुझाउँदाको दिनसम्मको शुल्क र ब्याज थप तिर्नुपर्ने भनेको थियो। 

ठूला करदाता कार्यालयले गत साता निर्धा्रित करमा लाग्ने  शुल्क र ब्याज थपेर कर निर्धारण गरेको थियो। त्यसअनुसार एनसेललाई २२ अर्ब ४४ करोड ५३ लाख रूपैयाँ कर निर्धारण गरिएको थियो। यसमा पनि २३ करोड ब्याज थप बढेको थियो।

एनसेलले यस अघि नै २३ अर्ब ५७ करोड ४२ लाख ९० हजार ७ सय ५१ रूपैयाँ लाभकर तिरिसकेको थियो।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।