logo

नेपालको सर्वाेच्च अदालतको फैसलाले एक्जिएटा कम्पनीको शेयर मूल्यमा  गिरावट

    1451   पटक पढिएको

२५ माघ /अर्थ र व्यापार  - एक्जिएटा ग्रुप ‘बीएचडीएस’ को स्वामित्वको सहायक कम्पनी एनसेलमाथि नेपालको सर्वाेच्च अदालतले ६१ अर्ब रुपैयाँ (आरएम २.१६ बिलियन) पूँजीगत लाभकर बुझाउनु पर्ने आदेश दिएसँगै मलेसियाको एक्जिएटा कम्पनीको शेयर मूल्यमा ४.८७ प्रतिशतले गिरावट आएको छ ।

शुक्रबार मध्यान्ह १२ः३० बजे एक्जिएटा कम्पनी बुर्सा मलेसियामा सबैभन्दा धेरै गुमाउने आठौँ कम्पनीका रुपमा दर्ता भएको थियो । त्यतिबेला ७० लाख ३ शेयर आरएम (मलेसियन मुद्रा) ३.७१ मा कारोबार भइरहेको थियो । लामो विवाद पछि माघ २३ गते बुधबार नेपालस्थित सर्वाेच्च अदालतको संयुक्त इजलाशले एनसेल बिक्रीमा पूँजीगत लाभकर उठाउने बारे निर्णायक निर्णय लिएको थियो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणासहित पाँच न्यायाधीशको पूर्ण इजलाशले गरेको परमादेशमा एक्जिएटा कम्पनी र एनसेलबाटै पुँजीगत लाभकर उठाउन भनिएको छ ।

स्वीडिस कम्पनी टेलिया सोनेराले २०७२ पुस ९ गते एनसेलको ८० प्रतिशत शेयर मलेसियाको एक्जिएटा कम्पनीलाई बेचेको थियो । उक्त खरिद बिक्रीमा नेपालले ६० अर्ब ७१ करोड भन्दा धेरै कर उठाउन बाँकी थियो ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।