logo

एनसेलले देशका ६ शहरमा मेला आयोजना गर्ने, भ्रमण वर्ष २०२०सँगै ब्राण्ड प्रोमोसन गर्ने लक्ष्य

    1265   पटक पढिएको

१२ मङ्सिर / अर्थ र व्यापार  - एनसेलले देशको विभिन्न ६ वटा शहरहरुमा एनसेल मेला गर्ने भएको छ। मेला इटहरी, बिर्तामोड, जनकपुर, वीरगंज, धनगढी र बुटवलमा आयोजना गर्ने कम्पनीले जनाएको छ। एनसेलले यो मेला आफ्नो ब्राण्डको सार ‘आज, भोलि, सधै सँगै’ को अनुरुप आयोजना गर्न लागेको हो। भ्रमण वर्षलाई सघाउन मेला गर्न लागेको कम्पनीले जनाएको छ।

चर्चित कलाकार तथा सांगीतिक समुहहरुको प्रस्तुती, किड्स जोन, गेम स्टलहरु र फुड स्टलहरुसँगै विविध मनोरञ्जनात्मक कार्यक्रमसहितको मेला इटहरीबाट सुरु हुनेछ। मंसिर २८ गते इटहरीको जनता माध्यामिक विद्यालयको फुटवल मैदानमा मेला हुनेछ भने मंसिर ३० गते बिर्तामोडस्थित सुगम पेट्रोल पम्पको मैदान,   पुस ३ गते जनकपुरको बाह्र विघा मैदान र  पुस ५ गते वीरगंजको आदर्शनगर रंगशालामा आयोजना गरिने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार पुस ९ गते धनगढीको सुदुर पश्चिमाञ्चल एसपी चौकी मैदानमा आयोजना हुनेछ भने पुस १२ बुटवलको सिद्घेश्वरी स्कुल मैदान दीपनगरमा आयोजना पछि समापन हुने कम्पनीले जनाएको छ। यी ६ वटै शहरहरुमा मेला १० बजे शुरु भई कम्सर्ट सहित साँझ ७ बजे सम्म चल्ने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार गीत–संगीत, किड्स जोन, डिजिटल जोन देखि विभिन्न फिजीकल एक्टिभिटी बुथहरु, स्थानीय पर्यटन गन्तव्यहरुको प्रवर्धन गर्नेछ। मेलामा एनसेलका विभिन्न सेवा तथा सुविधाहरुमा आर्कषक अफर र उपहारहरु राखिएको विज्ञप्तिमा उल्लेख छ।

मेलामा प्रवेश निःशुल्क हुनेछ र थुप्रै गेम स्टलहरुमा दर्शकले मनोरन्जन लिन पाउने कम्पनीले जनाएको छ। मेलामा गायकहरु दीपक बज्राचार्य र रिदम ब्याण्ड, आषिश राना (लाउरे), कालिप्रसाद बाँस्कोटा, मेलिना  राई, टीका प्रसाईँ, कलाकार प्रियंका कार्कीले आफ्नो प्रस्तुती दिने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार वीरगंज र जनकपुरमा भोजपुरी गायक सुनिल पण्डितको पनि प्रस्तुती रहनेछ भने उद्घोषण कलाकार रेमन दास श्रेष्ठ र साहना बज्राचार्यले गर्नेछन् ।     

किड्स जोनमा पेन्टिङ्ग, प्लेडो, लेगो, प्रि गो होभर बोर्ड, मिनी गो कार्ट, पोगो स्टिक, इन्फ्लेटेड क्यासल, डक फिसिङ्ग र एङ्ग्री बर्ड लगायतका विभिन्न रमाईला गेम हुने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार युवाहरुका लागि पनि विभिन्न आकर्षक गेमहरु जस्तै पेनाल्टी किक, ब्यालेन्स द ह्याङ्गर, नि ट्रेम्बलर, स्नुकर प्रो र अन्य थुप्रै कार्यक्रमहरु रहनेछन् ।

एनसेलको फोरजी र अरु प्रोडक्टहरुका थिम गेमहरुको मजा दिदै आकर्षक पुरस्कारहरु जित्न सक्ने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार दर्शकहरुले मेलामा नै आवश्यक कागजातहरु बुझाई फोरजी सिम खरिद गर्न तथा आफ्नो पुरानो सिमलाई फोरजी सिममा अपग्रेड पनि गर्न सक्नेछन्।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।