logo

नाट्टाका पूर्व अध्यक्ष खनाल प्रति श्रद्धान्जली सभा सम्पन्न

    3039   पटक पढिएको

२७ कात्र्तिक / अर्थ र व्यापार- नेपाल एशोशियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले पूर्व अध्यक्ष यादव प्रसाद खनालको स्वर्गारोहण भएको तेह्रौं दिनको पूण्यतिथिमा सोमवार एक श्रद्धान्जली सभा आयोजना गरेको छ । तत्कालिन समयमा सीता ट्राभल प्रा.लि.का सञ्चालक रहेका खनाल सन १९६८ देखि १९७० सम्म नाट्टाको अध्यक्ष रहेका थिए ।

श्रद्धान्जली सभामा नाट्टाका पूर्व अध्यक्षहरु आर.एम.सिंह,ध्रुवनारायण श्रेष्ठ,रामकाजी कोने,अर्जुन शर्मा,वरिष्ठ पर्यटन व्यवसायि विक्रम पाण्डे,श्याम प्रसाद थपलिया लगायत नाट्टाका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो । उपस्थित सवैले खनालको तस्विरमा फुल अर्पण गरि श्रद्धान्जली व्यक्त गरेका थिए ।

श्रद्धान्जली सभामा बोल्दै नाट्टाका अध्यक्ष मधुसुदन आचार्यले खनाललाई आँफुले एक स्पष्ट वक्ताको रुपमा पाएको वताए । त्यस्तै नाट्टाका पुर्व अध्यक्ष आर.एम.सिंहले नाट्टाको स्थापना गर्न खनालको भुमिका महत्वपूर्ण रहेको स्मरण गरे । नाट्टाका प्रथम उपाध्यक्ष सि.एन पाण्डेले अग्रजहरुको सम्मानका लागी नाट्टाले यो संस्कार सुरु गरेको वताए । श्रद्धान्जली सभाको सञ्चालन नाट्टाका महासचिव भिम प्रसाद पन्तले गरेका थिए ।  
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।