logo

प्रतिनिधिसभा बैठकबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पास गर्ने तयारी

    1054   पटक पढिएको

७ माघ /अर्थ र व्यापार  - सरकारले आज बस्ने प्रतिनिधिसभा बैठकबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पास गर्ने तयारी गरेको छ । प्रतिपक्ष दल नेपाली कांग्रेसको विरोधकै बीच विधेयक पेस गर्न लागिएको हो ।

सभामुख कृष्णबहादुर महराका प्रेस सल्लाहकार डिल्ली मल्लले प्रतिनिधिसभा बैठकको आजको सम्भावित कार्यसूचीमा चिकित्सा शिक्षा विधेयक राखिएको बताए ।

अनसनरत डा. गोविन्द केसीले उठाएका माग सम्बोधन गरेर मात्रै विधेयक संसदमा प्रस्तुत गर्नुपर्ने तर्क प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको छ । विगतमा आफूसँग भएका सहमतिविपरित विधेयक ल्याइएको विरोधमा डा. केसीले अनसन जारी राखेका छन् ।
गत साउनमा उपत्यकाबाहिरका विभिन्न स्थानमा सरकारी मेडिकल खोल्नेलगायत बुँदामा सरकार र केसीबीच सम्झौता भएको थियो । तर, प्रमुख प्रतिपक्ष कांग्रेस र केसी दुवैले विगतमा भएका सम्झौताबाट पछि हट्दै सरकारले विधेयक तयार पारेको आरोप लगाएका छन् ।

अनसन र प्रतिपक्षको मागकै बीच सरकारले विधेयक पास गर्ने रणनीति बनाएपछि प्रमुख प्रतिपक्ष दल भने त्यसलाई अघि बढ्न नदिने तयारीमा छ । जबरजस्त विधेयक अघि बढाए संसद् बैठक अवरुद्ध पार्ने चेतावनी कांग्रेसले दिँदै आएको छ । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।