logo

नक्कली नोटसहित गोगंबुबाट एकजना पक्राउ

    1086   पटक पढिएको

२७ माघ /अर्थ र व्यापार - काठमाडौँको गोगंबुमा ठुलो परिमाणमा नक्कली नोट फेला परेको छ । महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कको टोलीले शनिवार राति नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको हो । गोंगबुस्थित गौमती सिर्पालीको घरमा डेरा गरी बस्ने पोमबहादुर कुँवरलाई नक्कली नोटसहित पक्राउ गरेको प्रहरी निरीक्षक  मोहन विक्रम केसीले जानकारी दिए । 

नक्कली नोटको कारोबारमा संलग्न हिक्मत मियाँ भने फरार भएका छन् । प्रहरीले कुँवरको दराजबाट एक हजार दरका ११ वटा र मियाँको कोठाबाट १४१ वटा नक्कली नोट फेला पारेको हो । मियाँको खोजी भइरहेको निरीक्षक केसीले बताए । प्रहरीको प्रारम्भिक अनुसन्धानमा नक्कली नोट बजारमा पठाएको हुन सक्ने भएकाले नोटको कारोबार गर्दा ध्यान दिनसमेत अनुरोध गरेको छ ।

गत कार्तिममा महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले मच्छेगाँउबाट कोठा लिएर कारखाना नै खोली नक्कली नोट छाप्नेलाई पक्राउ गरेको थियो । प्रहरीले नक्कली नोट छाप्ने मेसिन, नक्कली नोटका लागि आवश्यक कागज र नक्कली नोटसमेत बरामद गरेको छ । प्रहरीले उनीहरूबाट ३ लाख ७० हजार रुपैयाँको तयारी अवस्थामा रहेको नक्कली नोट बरामद गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।