logo

व्यवसायिक संस्थाको नेतृत्वको सेरोफेरोमा 

नविन काफ्ले / विश्लेषण

    1734   पटक पढिएको

सिंगो देश नै निर्वाचनमय भएको छ । भर्खरै स्थानिय निकायको पहिलो र दोस्रो चरणको निर्वाचन सम्पन्न भएको छ भने प्रदेश नम्वर दुईको निर्वाचन हुनै वाँकी छ । यतिमात्र होईन संविधानतः निर्वाचन हुने हो भने सिंगो देश नै यो वर्षभर निर्वाचनहरुमा नै केन्द्रित हुनेछ ।

यहाँनेर चर्चा गर्न खोजेको विषय भने नेपालमा रहेका व्यवसायिहरुका संघ– संस्थाहरुको निर्वाचनको हो । केहि समय अगाडी मात्र नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन सम्पन्न भएको थियो । यसपटकको महासंघको निर्वाचनले केहि गम्भिर विषयवस्तुहरु उठान गरेको मात्र छैन कि नेपालमा कर्पोरेट वार कुन तह सम्म हुँदो रहेछ भन्ने पनि देखाएको छ । महासंघको यसपटकको निर्वाचनले उठाएको महत्वपूर्ण विषय भनेको व्यवसायिक संघ–संस्थाहरुमा कुन तह सम्मको राजनीति हुन्छ वा व्यवसायिक संस्थामा बस्ने व्यवसायिहरु राजनीतिमा कत्तिको संलग्न हुन्छन भन्ने एउटा हो भने अर्कोतिर व्यवसायिक संघ–संस्थाको नेतृत्व हत्याउन के–के सम्म हुन्छ भन्ने पनि हो ।

भर्खरै सम्पन्न महासंघ निर्वाचनमा नेतृत्व मध्येकै एक उपाध्यक्ष पदमा सर्वसम्मत जस्तै हुँदा नेतृत्वकै अन्य पदमा देखिएको हानथाप रोचक मात्र छैन, महासंघका पूर्व अध्यक्षले दुई पक्षमा खुलेर एकले अर्को पक्षको विरुद्वमा दिएका अभिव्यक्तिहरु पनि झन रोचक थिए । नेतृत्व मध्यकै एक एशोशियट उपाध्यक्ष पदमा व्यवसायि चन्द्र प्रसाद ढकाल निर्विरोध जस्तै हुँदा अन्य पदमा सहमतिको खास र सार्थक प्रयास किन भएन त, त्यो प्रश्न आज सम्म अनुत्तरित छ ।

अर्कोतिर महासंघको निर्वाचनमा जिल्ला,नगर तर्फको उपाध्यक्ष पदमा निर्वाचित बनेका व्यक्ति महिना दिन नवित्दै मेयर पदमा कुनै राजनीतिक दलको उम्मेदवार वन्नुले महासंघको व्यवसायिक छवि माथि प्रश्न मात्र उठेको छैन, महासंघले पनि व्यवसायिक संस्थाको गरिमा गुमाईसकेको छ, भलै उपाध्यक्ष पद खारेजको विषयले महासंघको गरिमा टालटुल गर्न खोजे पनि महासंघको व्यवसायिक छविमा धक्का लागेकै छ ।  

हाल व्यवसायिका संस्थाहरु नेपाल उद्योग वाणिज्य महासंघ,नेपाल चेम्वर अफ कमर्स देखि लिएर पर्यटन क्षेत्रका ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) , नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ,नेपाल पर्वतारोहण संघ (एनएमए) देखि निर्वाचन आउँदै गरेको नेपाल बैदेशिक रोजगार व्यवसायि संघ सम्म सवैमा व्यवसायिक एजेण्डामा काम गर्ने भन्दा पनि निर्वाचन कसरी जित्ने, जितेको भोलिपल्ट देखि अर्को पक्ष त्यसलाई कसरी असफल पार्ने र अर्को चुनावको तयारीमा लाग्ने मात्र देखियो । यहि हिसावले जाने हो भने व्यवसायिक संघ–संस्थाहरुको गरिमा र ईज्जत पनि निरन्तर खुईलिँदै मात्र जानेछ ।

वास्तवमा पछिल्लो समय व्यवसायिक संस्थाको नेतृत्व लिन चाहनेहरुमा खास केहि कारणहरु देखिन्छ । नितिगत विषय भन्दा सरकार,सम्बन्धित मन्त्रि र मन्त्रालयमा आफ्नो पहुँच विस्तार नेतृत्वमा आउन चाहनुको खास कारण हो । पछिल्लो समय व्यवसायिक संघ–संस्थाहरु साँच्चिकै व्यवसायि भन्दा पनि व्यवसायिको नाममा राजनीति गर्नेहरुको क्रिडास्थलमा रुपान्तरण भएका छन । यसले गर्दा व्यवसायिक नेतृत्वमा पुगेपछि उनिहरु सहजै कुनै व्यवसायिक घराना,ग्रुप वा शक्तिको प्रभावमा पनि पर्दछन, नत्र उनीहरुको व्यवसायिकता माथि तिनै घरानाहरुले प्रश्न उठाईदिन्छन । त्यसपछि तिनै ग्रुप, व्यवसायिक घरानाको दवाव र उनीहरुको स्वार्थमा मन्त्रालय,सरकार र सरोकारवालाहरु संगै लविङ गर्नमा नै तिनीहरुको कार्यकाल गुज्रने गरेको छ । 
त्यसैगरी आफ्नो प्रतिष्ठा वृद्धिका साथै व्यवसायिक संघ–संस्थाको स्रोत साधनमा धेरैले आँखा लगाउने गरेका छन । ति संस्थाको स्रोतको कारण आफ्नो व्यक्तिगत सम्बन्धमा आउने सुधार संघ–संस्थाको नेतृत्वमा आउन चाहनुको कारण हो । जे भएपनि वाध्य भएरै व्यवसायको नितिगत सुधारका लागी पनि केहि न केहि वोल्नै पर्ने अवस्था पनि आउने गरेको छ ।

व्यवसायिक संस्थाको नेतृत्व गरेका कारण आफ्नो व्यवसाय वृद्धिको अवसर पनि मिल्ने गरेको देखिन्छ । विशेषगरी राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्बन्ध,व्यवसायिक संस्थाको नेतृत्वको पहिचान तथा अन्य कारणले आफ्नो व्यवसाय वृद्धि र विस्तारको अवसर पनि मिल्ने गरेको छ । यहि कारण व्यवसायिक घरानाका व्यक्ति र व्यवसायमा सफलता हाँसिल गरिरहेकाहरु पनि व्यवसायिक संस्थाको नेतृत्व लिन चाहन्छन ।

माथि चर्चा गरिए भन्दा फरक केहि सफल व्यवसायिहरु पनि व्यवसायिक संघ–संस्थाको नेतृत्व लिन चाहन्छन । व्यवसायका समस्या,नितिगत कमजोरी लगायतका विषयमा उनीहरुलाई विशेष जानकारी हुन्छ । ति समस्या समाधानको लागी र आफ्नो व्यवसाय सिस्टममा चल्ने भएका कारण उनीहरु प्रतिष्ठा आर्जन तथा नितिगत सुधार र व्यवसायमैत्री वातावरण निर्माण गर्न चाहन्छन ।

आजका दिनमा नेपालको व्यवसायिक जगतमा दुई प्रवृत्ति वा भनौ दुई किसिमका व्यवसायिहरु भेटिन्छन । एकथरि व्यवसायिहरु पुख्र्यौली व्यवसाय सम्हाल्दै वा आफ्नै उद्यमशीलता वा नविन सोचका साथ आएका छन भने अर्कोथरी व्यवसायिहरु राजनीतिक दलका नेताको सम्पत्ति वा कालो धनलाई सेतो वनाउन खडा गरिएका नक्कली व्यवसायिहरु छन । तर परिस्थिति यस्तो बन्दै गईरहेको छ कि व्यवसायिक संघ–संस्थाको नेतृत्व तिनै खडा गरिएको व्यवसायिहरुको हातमा जाँदैछ । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।