logo

असार १५ को अवसरमा १७ औं मुक्तक मेला सम्पन्न 

    1837   पटक पढिएको

१५ असार / अर्थ र व्यापार- नेपाल मुक्तक प्रतिष्ठानले नियमित मुक्तक वाचनको १७ औँ शृंखला भव्यताका साथ सम्पन्न गरेको छ । अनामनगरस्थित मीडिया इन्टरनेशनलको हलमा आयोजित कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष रामकाजी कोने, प्रमुख अतिथि साहित्यकार जैनेन्द्र जीवन, विशेष अतिथि ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति किरण मानन्धर, अनेसासका केन्द्रीय अध्यक्ष राधेश्याम लेकाली, साहित्यकार वियोगी बुढाथोकी, रमेश पौडेल लगायत उपस्थित समारोहमा १४ जना मुक्तककारहरूले विभिन्न विषयवस्तुका मुक्तकहरू सुनाएका थिए ।

प्रतिष्ठानले हरेक असार १५ को अवसरमा मुक्तक प्रतिष्ठानमा मुक्तक वाचन गरेर दही च्युरा खुवाउने कार्यक्रमको परम्परा रहि आएको छ । कार्यक्रममा उदास कार्की,एलिसा एकलास,किरण दर्पण,भगवती बस्नेत, पारू स्मृति, प्रकाश बस्नेत गफाडी, प्रकाश घायल, सन्तोष अम्गाई,सुनिल अधिकारी, रवीन्द्र आशीष शैली, शिवराम खड्का, निर्मल रमण पराजुली,चापाहाड् चेमेजोड र लव गाउँलेले मुक्तक बाचन गरेका थिए ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।