logo

म्याग्दीमा एक करोडभन्दा बढीको विद्यालय भवन निर्माण हुँदै

    1206   पटक पढिएको

१६ असार / अर्थ र व्यापार – म्याग्दीको धौलागिरि गाउँपालिका–४ मुदीमा रहेको बुद्धिविकास माविमा  एक करोडभन्दा बढी लागतमा सुविधासम्पन्न ६ कोठे भवन निर्माण भएको छ । गोर्खा वेल्फेयर स्किमको आर्थिक सहयोगमा एक करोड दुई लाख ७१ हजार ५१९ रूपैयाँ लगानीमा भवन निर्माण भएको हो ।

भवन निर्माणमा गोर्खा वेल्फेयर स्किमको ९१ लाख ५२ हजार ५२१ र समुदायको ११ लाख १८ हजार ९९८ बराबरको जनश्रमदान लगानी भएकोे छ । ६ कोठे भवन निर्माण भएपछि विद्यार्थीलाई खुलाचौर र त्रिपालमुनि राखेर पढाउनुपर्ने बाध्यता अन्त्य भएको छ ।

दुर्गम बस्तीमा पक्की भवन निर्माण भएपछि विद्यार्थीलाई अध्ययनमा सहजता मिलेको छ । सो भवन निर्माणसँगै ९१ मिटर विद्यालय परिसरको खुला क्षेत्रलाई घेराबार पनि गरिएको छ ।

त्यस्तै, सोही योजनाअन्तर्गत नै विद्यालयलाई २५ थान बेन्च, ६ थान ह्वाइट बोर्ड र एउटा फोहोर जलाउने ठाउँसमेत निर्माण गरिएको छ । कक्षा १० सम्म पठनपाठन हुने विद्यालयमा हाल करिब ४०० विद्यार्थी अध्ययनरत रहेका छन् ।

यसैबीच, हालै एक कार्यक्रमबीच सो नवनिर्मित विद्यालय भवन हस्तान्तरण गरिएको छ । गोर्खा वेल्फेयरको एरिया अफिसर म्याग्दीका खेमबहादुर गुरुङले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सबहादुर घर्तीलाई भवनको साँचो हस्तान्तरण गर्दै भवनको उपयोग र व्यवस्थापन गर्ने जिम्मा विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेका थिए ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।